प्रधानमन्त्रीले भने- 'अब सरकारले गति लिन्छ'
चैत्र २५ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारले बिभिन्न देशमा राजदुत नियुक्ति, संबैधानिक अंगमा पदाधिकारी नियुक्ति र संबिधानसभामा २६ जनाको मनोनयनको काम तत्काल अघि बढाउने बताएका छन् ।
मङ्गलवार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीहरुसँग अपेक्षा गरे अनुरुप सकारले गति लिन नसकेको पनि स्वीकार गरे ।
‘सबै दललाई मिलाएर जानु पर्ने अवस्था भएकाले सरकारको गति सुस्त भएको हो,’ उनले भने, ‘गठबन्धन र पार्टीभित्र सल्लाह नगरी गरेको केही निर्णयका कारण पनि सरकारको गति सुस्त भयो ।’ मन्त्रीपरिषद् विस्तारपछि गरेकै भोलिल्ट कोइरालाले सञ्चारकर्मीहरुसँग भेट गरेका हुन् । भेटम कोइरालाले सरकारले संबिधान निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए । ‘एक बर्षभित्र जसरी पनि संबिधान जारी गर्ने दृढता व्यक्त गर्छु,’ उनले भने, ‘संबिधान लेखनको लागि ८० प्रतिशत काम अघिल्लो सभाले गरिसकेको छु, अव विवादित बिषयमा सहमति गर्न मात्रै बाँकी हो ।’
दलहरुबीच शासकीय स्वरुप र संघीयतामा कुरा नमिलेको उनको भनार्ई थियो । ती बिषयमा प्रमुख दलहरुबीच सहमति हुन नसके संबिधान सभाको दुई तिहाईबाट पारित गराउने उनको भनाई थियो । संबिधान सभामा दुई तिहाई जुट्न नसकेको बिषयमा जनमत संग्रहबाट निर्णय लिइने कोइरालाले बताए । एउटा संसद् भवन बनाउने वारेमा पनि आफुले पहल गर्ने उनले बताए ।
प्रकाशित मिति:
April 08, 2014