साउदीमा बीस महिनाअघि आत्महत्या गरेकी भनिएकी महिला नेपालमा जिवितै
चैत्र २६ । बीस महिनाअघि साउदीमा आत्महत्या गरेकी भनिएकी महिला नेपालमा जिवितै रहेको पाइएको छ ।
एक घरेलु कामदार नेपाली महिलाको शव साउदी अरबमा सद्गत गरिनसक्दै उनी नेपालमा ज्यूँदै रहेको पाइएको खबर नागरिक दैनिकमा छापिएको छ ।
नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखत ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको खुलेको हो। यसले नेपाली राहदानी दुरुपयोग भएको खुलासा भएको छ।
मृतक नेपाली महिला होइन भन्ने थाहा भएपछि अब आत्महत्या गरेकी ती महिलाको शवको बेबारिसेसरह दाह संस्कार गरिने भएको छ।
प्रकाशित मिति:
April 09, 2014