जग्गाधनीलाई थाहै नदिई १२ रोपनी जग्गा विद्यालयको नाममा सारी
दिप बहादुर घर्ति
जाजरकोट १३ वैशाख । जाजरकोटको एक विद्यालयमा जग्गा धनीलाई थाहा नभएर १२ रोपनी जग्गा विद्यालयको नाममा दिईएको रहस्य खुलेको छ । परिवार बिचमा जमिनको अंशवण्डा गर्न खोज्दा यस्तो रहस्य खुलेको हो ।
जिल्लाको ढिमे गाविस वडा नं ५ मा रहेको कालीका प्रावि जरगाँउलाई सोही वडा मा बस्ने लाल वहादुर सिंह र लोकचन सिंहको ११ रोपनी जग्गा पृथ्वी बहादुर सिंहले जालसाजी गरेर विद्यालयको नाममा जग्गा पास गरेको खुल्नमा आएको छ ।
पृथ्वी वहादुर सिंह जेठा वाजेका छोरा भएको कारण हाम्रो सवै सम्पती उनकै नाममा भएको लोचन सिंहले बताए । हामीलाई जानकारी नै नदिएर भाग वण्डा भएको तर जग्गा उनैको नाममा भएको जमिन सबै विद्यालयको नाममा दिएपछि अहिले हामी वावाको भाग नै खाना नपाएको लाल बहादुर सिंहले बताए । २०६६ साल मै किता नं १४०२ को हाम्रो जमिन विद्यालयको नाममा दिएको भर्खर थााहा पाएका छौ लोचनले भने ।
हामीले भाग माग्दा तिमीहरुको सवै भाग विद्यालयको नाममा पास भईसकेको छ उत्तैबाट लैजानु भनेपछि मात्र हामीले थाहा पाएका हौं लाल वहादुर सिंहले भने । पुर्व गाविस अध्यक्ष पृथ्वी बहादुर सिंह र ढोलु सिंहको मिलेमत्तोमा हाम्रो जग्गा विद्यालयको नाममा गरिएको रहेछ जिल्ला शिक्षा कार्यालयमा आउदा पो थाहा भएको लोचनले गुनासो गरे ।
अहिले आफ्नो जग्गा विद्यालयको नाममा रहेको त्यो शिक्षा नियमावलीले हाम्रो नाममा लिन नमिल्ने रहेछ अब त हामी समस्यमा परी सक्यौ आक्रोश पोख्दै लालबहादुर सिंह ब्यक्त भए । विद्यालयको नाममा उजुरी गर्नु पर्ने अवस्था आएको छ लोकचनले भने । यत्ता जिल्ला शिक्षा कार्यालय जाजरकोटले भने क्षेत्रलाई सोधेको तर त्यसको जवाफ आई नसकेको बताएको छ । उनीहरु अहिले जिल्ला शिक्षा कार्यालयमा दैनिक जग्गामाग्न आउने गरेका छन् ।
प्रकाशित मिति:
April 26, 2014