• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » नौ जलविद्युत् आयोजनाको खरिद सम्झौता खारेज
नौ जलविद्युत् आयोजनाको खरिद सम्झौता खारेज

जेठ ६ ।  नेपाल विद्युत् प्राधिकरणले हालसम्म विभिन्न ९ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खारेज गरेको छ। समयमै प्रगति विवरण पेस नगरेको र निर्माण प्रक्रियासमेत सुरु नगरेको भन्दै ती प्रवर्द्धकको सम्झौता खारेज गरिएको हो।

पटक–पटक निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दासमेत अटेर गरेका कारण त्यस्ता प्रवर्द्धकसँगसम्झौता खारेज गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका व्यापार महाशाखा प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार यसरी खारेज गरिएका आयोजनाहरूमा कान्तिपुर हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १० मेगावाटको लाङटाङ, जिटेक नेपालको माथिल्लो मोदी, युनिभर्सल पावरले निर्माण गर्न लागेको लड्कु खोला, गोर्खा हाइड्रोको दरम खोला, बभेरियन हाइड्रोको तल्लो न्यादी, मानसरोवर पावर्सको गोल्मागाढा, श्रीरूप हाइड्रोको सेती खोला, त्रियोग इनर्जीको मिडिल गड्डीगाढ र ऋषिकेश हाइड्रोको माथिल्लो जुम्दी छन्।

यसरी खारेज गरिएका आयोजनाबाट कुल ४० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको थियो। त्यसमा सबैभन्दा ठूलो आयोजनामा १४ मेगावाटको माथिल्लो मोदी मात्रै हो।

अन्य आयोजनाहरू तीन मेगावाटदेखि पाँच मेगावाट मात्रैका छन्। वैज्ञानिक र विश्वसनीय प्रस्ताव पुनः ल्याए ती आयोजनासँग पुनःसम्झौता गर्न सकिने जानकारी दिँदै प्रमुख शाक्यले आगामी दिनमा हचुवाको भरमा कुनै पनि आयोजनासँग सम्झौता नगरिने बताए।

विद्युत् खरिद सम्झौता गर्ने र कुनै पनि रुपमा आयोजनाको काम अगाडि नबढाउनेको सम्झौता कायम राखिरहनुपर्छ भन्ने पक्षमा प्राधिकरण नरहेको उनको भनाइ छ। मुलुकमा चरम विद्युत् भार कटौती बढ्नुमा आयोजनाहरू समयमा नबन्नु पनि प्रमुख कारण रहेको निष्कर्षमा प्राधिकरण पुगेको छ।

यस्तै प्राधिकरणले खरिद सम्झौता गरेका अन्य आयोजनालाई समेत तत्काल परियोजना विकास सम्झौता गरेर निर्माण पूरा गर्न आग्रह गरेको छ।
खारेज गरिएका अधिकांश आयोजनासँग वर्षाकालमा रु ४.४० र हिउँदमा रु ८.८० मा प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेको थियो।

प्रकाशित मिति: May 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
गृह पृष्ठ |