• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » दिलशोभाको विषयमा नागरिकले माग्यो क्षमा
दिलशोभाको विषयमा नागरिकले माग्यो क्षमा

जेठ ६ । नागरिक दैनिकले आमाघरकी सञ्चालिका दिलशोभाको विषयलाई लिएर क्षमा मागेको छ । दिलशोभा माथि ‘यौन दुराचार’को आरोप पुष्टि नभएको भन्दै पत्रिकाले क्षमा मागेको हो ।

यौन दुराचारको आरोपसहित नागरिकले खबर छापेपछि उक्त पत्रिका विवादमा आएको थियो । उता, आमाघरमा रहेका बालबालिकालाई भने अन्यत्रै सारिसकिएको छ । समाचारमा दिलशोभामाथि यौन दुराचारको आरोप लगाएपछि उनले भने पटक पटक आरोप पुष्टि गर्न चुनौती दिँदै आएकी थिइन् ।

अन्ततः आरोप पुष्टि हुन नसकेपछि नागरिक दैनिकले क्षमा मागेको हो । पत्रिकाले क्षमा माग्दै भनेको छ, प्रहरीको अनुसन्धान प्रतिवेदनलेदिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ। नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं। 

पत्रिकाले यौन दुराचार आरोपबारे क्षमा मागेपनि दिलशोभाले अबैध वालगृह चलाएको, वालगृह तथा आमा घरका नाममा आएका सहयोग सामाग्री बेचबिखन गरेको र वालगृहका वालवालिकालाई अन्यत्र पठाउने गरेको लगायतका आरोप भने पुष्टि भएको दाबी गरेको छ ।

त्यसो त दिलशोभा प्रकरण चर्किएको बेला नागरिकका सम्पादक प्रतिक प्रधानले एक टेलिभिजनसँग अन्तरवार्ता दिँदै आफूहरुले लेखेको समाचार सत्य भएको र कुनै कारणले पुष्टि नभए त्यसको जिम्मा लिदै क्षतिपूर्ति तिर्ने घोषणा गरेका थिए । 

उक्त समाचारका विषयमा विवाद बढेर गएपछि प्रेस काउन्सिल नेपालले आयोग समेत गठन गरेको थियो । आयोगले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

नागरिक दैनिकले नै यसअघि डा. भक्तमान श्रेष्ठ अपहरण माओवादीले गरेको भनेर समाचार दिएको थियो । पछि डा. श्रेष्ठ फिरौती तिरेर रिहा भएका थिए । उक्त समयमा पनि नागरिक विवादमा आएको थियो ।

प्रकाशित मिति: May 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |