भाईले दाईको घरमा आगो लगाउँदा ३ नाबालकसहित ४ घाइते
जेठ ६ । बाँकेको जैसपुर गाविस १ मा भाईले दाईका घरमा आगो लगाई दिँदा जलेर ३ नाबालकसहित ४ जना घाइते भएका छन् ।
पारिवारिक विषयलाई लिएर भाइ सद्दाम नाउले आफ्ना दाइ रियाद अली नाउको घरमा आगो लगाएका हुन् ।
आगलागीबाट रियादकी पत्नी २२ वर्षीया चन्दा सलमानी र बच्चाहरु क्रमशः ५ वर्षीया मारिया, ३ वर्षीय रियाजुल र १० महिनाको रिहान गम्भीर घाइते भएका छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दाजु भाइले डोल्पामा संयुक्त रुपले फर्निचर सञ्चालन गर्दै आएको सोही विषयमा विवाद हुँदा सद्धामले आगो लगाएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
May 20, 2014