• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, News » भाईले दाईको घरमा आगो लगाउँदा ३ नाबालकसहित ४ घाइते
भाईले दाईको घरमा आगो लगाउँदा ३ नाबालकसहित ४ घाइते

जेठ ६ । बाँकेको जैसपुर गाविस १ मा भाईले दाईका घरमा आगो लगाई दिँदा जलेर ३ नाबालकसहित ४ जना घाइते भएका छन् ।

पारिवारिक विषयलाई लिएर भाइ सद्दाम नाउले आफ्ना दाइ रियाद अली नाउको घरमा आगो लगाएका हुन् ।

आगलागीबाट रियादकी पत्नी २२ वर्षीया चन्दा सलमानी र बच्चाहरु क्रमशः ५ वर्षीया मारिया, ३ वर्षीय रियाजुल र १० महिनाको रिहान गम्भीर घाइते भएका छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दाजु भाइले डोल्पामा संयुक्त रुपले फर्निचर सञ्चालन गर्दै आएको सोही विषयमा विवाद हुँदा सद्धामले आगो लगाएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: May 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |