कुनै एउटा दलले घोषणा गर्ने संविधान मान्दैनौं : थापा
जेठ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कुनै एउटा दलले घोषणा गरेको संविधान मान्य नहुने बताएका छन् ।
सबै राजनीतिक दलको सहमतिबाट निर्माण भएको संविधान मात्र आफ्नो पार्टीलाई मान्य हुने उनले बताएका छन् ।
जनताले पार्टीलाई चौथो शक्तिको स्थान दिएकाले आफूहरुलाई निषेध गरेर संविधान बनाउन खोजिए मान्य नहुने चेतावनी समेत उनले दिएका छन् ।
पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा निकालेको प्रभातफेरी उद्घाटन गर्दै थापाले नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रकाशित मिति:
May 20, 2014