बाबुराम उपाध्यक्षमै फर्कने, महरालाई सचिव, रायमाझीलाई दलको उपनेता
जेठ ५ । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराई पुनः पार्टी उपाध्यक्षकै रुपमा नेतृत्वमा फर्कने भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता भट्टराईबीच यस्तो सहमति जुटेको हो । उनीहरुबीच दाहाल, भट्टराई, नेता नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महराको पाँच जनाको हेडक्वाटर गठन गर्ने पनि सहमति भएको स्रोतले जनाएको छ ।
महरालाई सचिव र बाबुराम पक्षधर टोप बहादुर रायमाझीलाई दलको उपनेता बनाइने बताइएको छ । भट्टराई पक्षधरले भने अझै पनि सहमति नभएको बताउँदै आएका छन् ।
राष्ट्रिय सम्मेलनका क्रममा केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका भट्टराईसहित १५ जना नेता केन्द्रीय समिति बैठकमा सहभागी भएका छैनन् ।

प्रकाशित मिति:
May 19, 2014