साताको दोस्रो दिन पनि नेप्से ओरालो
जेठ ५ । साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.९२ प्रतिशतले घटेको छ ।
नेम्से आरोलो लागेपनि कारोबार उल्लेख्य भएको छ । सोमबार नेप्सेमा ३८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो । नियमित रुपमा माथि जाने तथा तल झर्ने प्रक्रिया अन्तर्गत बजार घटेको हो । प्रायः जसो साताको पहिलो र दोस्रो दिन बजार ओरालो लाग्ने गर्दछ ।
आइतबार झैं सोमबार पनि बिमा सुचांक बढी ओरालो लागेको छ । उक्त दिन बिमा उपसुचक ९८.९२ अंकले ओरालो लागेको छ। यसपछि होटल समूह १२.०९ अंक, अन्य समूह १०.५७, बैंकिङ ३.४ र फाइनान्स समूह १.६६ अंकले घटेको छ।
प्रकाशित मिति:
May 19, 2014