बाबुराम पक्षीयद्धारा बहिस्कार, प्रचण्ड पक्षद्धारा ९९ सदस्यीय कमिटी गठन

केन्द्रीय समितिमा बस्न बहिस्कार गरेका छन् ।
भट्टराई पक्षीय नेताहरु केन्द्रीय समितिमा नबसे पनि अध्यक्ष पुष्पकमल दाहाल पक्षले भने ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन् ।
सम्मानजक बाँडफाँड नभएको भन्दै नेता बाबुराम भट्टराई पक्षीय नेताहरुले नबस्ने घोषणा गरेको बताइएको छ ।
भट्टराई र अर्का नेता टोप बहादुर रायमाझीले हलमै आफूहरु केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका थिए ।
नेता बाबुराम भट्टराईसहित उनी निकट नेता टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, खिमलाल देवकोटा, गंगा श्रेष्ठ, हिसिला यमी र बामदेव क्षेत्रीले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका हुन् ।
बाबुराम पक्षीय नेताहरु नै केन्द्रीय समितिमा नबसे पछि एमाओवादी भित्रको विवाद भने झनै उचाईमा पुगेको छ ।
प्रकाशित मिति:
May 06, 2014