• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, Main News, photo Gallary » जन्डिसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, हजार बढी अस्पताल भर्ना
जन्डिसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, हजार बढी अस्पताल भर्ना

वैशाख २९ । विराटनगरमा तीन सातादेखि फैलिएको जन्डिसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । जन्डिस प्रकोपबाट आइतबार थप एक जनाको मृत्यु भएको हो ।  विराटनगरस्थित नोबेल अस्पतालबाट रेफर भई सिलिगुडी लगिएका विराटनगर-११ का ५२ वर्षिय टेकबहादुर कटुवालको मृत्यु भएको हो ।

जन्डिस प्रकोपबाट प्रभावित १ हजार बढी बिरामी अस्पताल भर्ना भएका छन् । कतिपयलाई भने उपचारका लागि भारततर्फ लगिएको छ । जन्डिसको महामारी फैलिएपछि विद्यालयहरु समेत बन्द गराइएको छ ।

दूषित खानेपानीका कारण विराटनगरमा जन्डिस प्रकोप फैलिएको हो ।

यसपालि प्रकोपका रूपमा जन्डिस देखिए पनि विराटनगरसहित मोरङमा तीन वर्षयता जन्डिसको समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०६७/६८ मा १ हजार ४ जना, ०६८/६९ मा १ हजार ७ सय ६६ र ०६९/७० मा २

हजार ४ सय ४९ जन्डिसपीडित थिए । चालू आर्थिक वर्षको फागुनसम्म १ हजार ६ सय १८ जना पीडित भएका छन् ।

यसैबीच, जन्डिसले महामारीको रुप लिएपछि त्यहाँको वस्तुस्थित बुझ्न स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितको टोली विराटनगर जाने भएको छ ।

जन्डिसले दर्जनको संख्यामा मृत्यु हुन लाग्दा तथा हजारको संख्यामा बिरामी हुँदा समेत विशेषज्ञसहितको टोली जन्डिस प्रभावित क्षेत्रमा नगएको भन्दै स्थानीय भने आक्रोशित बन्दै गएका छन् ।

प्रकाशित मिति: May 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |