प्रचण्डको दाहिने हातको धातुले हलचल
वैशाख २९ । सामान्यतया कम्युनिष्टहरुले भगवान मान्दैनन् । उनीहरु भगवान् भूतप्रेतका पछि लाग्दैनन् तथा त्यस्ता कुरामा विश्वास गर्दैनन् ।
तर, नेपालमा भने बेला बखत कम्युनिष्टहरु उत्पात् समेत गर्न पछि पर्दैनन् । त्यसमा पनि नेतृत्व पंक्ति नै त्यसको उदाहरण बन्ने गरेका छन् । कुनै बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्योतिषहरुको सल्लाहमा भैंसी पूजा गरेपछि निक्कै विवादमा आएका थिए ।
अहिले भने उनले दाहिने नाडीमा हेर्दा हातमा लगाउने माला जस्तो धातु लगाएर विवादमा आएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलन उनको उक्त धातु टल्किरहेको थियो । त्यो वस्तु सुन हो या कुनै ग्रह दशा नटोर भनेर लगाएको वस्तु हो त्यो त खुलेको छैन । तर, उनको नेतृत्वमा जनयुद्धका बेला १० औं हजारले रगत बगाउँदा उनले भने अहिले उक्त सयमका बोली बचन लात मार्दै नाडीमा सिक्रि टल्काउनुले भने कार्यकर्ता समेत चकित परेका छन् ।
अर्कातिर, कम्युनिष्टहरुले यसरी हातमा चाहे सुन होस् या त अन्य कुनै धातु लगाउने गरेको पाइन्न तर अध्यक्ष जस्तो व्यक्तिले नै यस्तो वस्तु लगाएपछि झनै यसले चर्चा पाएको छ ।
स्रोतले भने हातमा लगाएको त्यो धातु रक्तचाप नियन्त्रण गर्ने वस्तु भएको दाबी गरेको छ ।
जेहोस् प्रचण्ड कहिले रोलेक्स घडी लगाएर विवादमा आउँछन् त कहिले एक लाखको खाटमा सुतेको विषयले विवादमा तानिन्छन् । कहिले भैंसी पूजा गरेर उनी विवादित बन्छन् त कहिले नाडीमा माला लगाएर चर्चा बटुल्छन् । जसले उनका विरोधीहरुलाई भने मज्जाले भन्ने ठाउँ बनाईदिएको छ ।
प्रकाशित मिति:
May 12, 2014