चेक गणतन्त्रका सभासद र सभामुख उपसभामुखबीच भेटवार्ता
जेठ २० । सभामुख सुभासचन्द्र नेम्वाङ तथा उपसभामुख ओनसरी घर्ती र चेक गणतन्त्रका सभासदहरुबीच भेटवार्ता भएको छ ।
नेपाल आएका चेक सभासदहरुले मंगलबार बिहान उनीहरुसँग भेट गरेका हुन् । आजै उनीहरुले संविधान लेखन तथा दुबै देश बिचको व्यापारिक सम्बन्धका विषयमा छलफल गरेका छन् करेल स्वार्जेंगबर्गको नेतृत्वमा २ दिने भ्रमणमा आएको ५ सदस्य टोली बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
सन १९९३ मा चेकोस्लोभाकीयाबाट चेक रिपब्लिक र स्लोभाकीया छुट्टिएर स्वतन्त्र राष्ट् बनेको थियो ।
प्रकाशित मिति:
June 03, 2014