उपत्यकावासीद्धारा छतमा नमुना खेती गर्ने प्रतिवद्धता
फोटोः फाइल |
काठमाडौं, २८ जेठ । उपत्यकावासीहरुले आफ्नो घरको छतमा नमुना खेती गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
अन्तराष्ट्रिय परिवारीक खेती वर्ष २०१४ को कार्यन्वयन समितिले गरेको कार्यक्रममा सहभागी उपत्यकावासीहरुले आफ्नो घरको छतलाई प्रयोग गरेर नमुना खेति गर्ने प्रतिवद्धता जनाएका हुन ।
अन्तराष्ट्रिय परिवारीक खेती वर्ष २०१४ ले लतितपुरमा गरेको गमला खरिदमा सहयोग रकम हस्तान्तरण कार्यक्रमका सहभागीले फुर्सदको समयमा अनुत्पादक कार्यमा खर्चनु भन्दा कुनै न कुनै उत्पादनमा जोडिने अवसर मिलेकोमा खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी १ सय भन्दा बढि परिवारका सदस्यहरुले आफ्ना लागी आफै उत्पादनको अभियानमा नमुना खेति गरेर देखाउने बताएका हुन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय परिवारीक खेती वर्ष २०१४ को निर्देशक समितिका सदस्य सचिव खेम बहादुर पाठकले शहर वजारको विलासी जीवनबाट अस्वस्थ हुने क्रम बढ्दै गएको, बढी विषाधी युक्त आयतित खाद्यन्नको प्रयोग बढेको, आम नागरिकमा कृषि प्रतिको सोचाई सकारात्म हुन नसकेको प्रति दुख प्रकट गरे । उनले कुनै कृषि उत्पादनमा नलागी अनुत्पादक कार्यमा समय खेर नफाल्न आग्रह गर्दै काम काजी हुन र आफ्ना लागि आफै उत्पादनमा सहभागी गराउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
पाठकले काठमाण्डौ उपत्यकामा घर परिवार मिलेर छतमा गमला राखेर खेती गर्न उत्प्रेरणा प्रदान गर्ने उद्वेश्यले यो गमला खेती एउटा नमुना कार्यक्र मात्र भएको र आगामी दिनमा अन्यत्र पनि यस्ता अभियान सञ्चालन गर्नुपर्ने बताए ।
यसैबिच गमला खतीको बारेमा वितरण भएको ४० दिन भित्र अनुगमन गरिने पनि कार्यक्रममा जानकारी गराईएको छ । अनुगमनका क्रममा गरिएको खेतीको अवस्था, परिवारको अनुभव, भए गरेका उपलब्धि, आई परेका अप्ठ्यारा लगाएतका विषयमा अध्यायन हुनेछ ।
अनुगमनका लागि संगम महत, वेद प्रसाद सापकोटा, शैलेश सिलवाल रहेको ३ सदस्य अनुगमन समिति पनि गठन गरेको कार्यन्वयन समितिले जनाएको छ ।
अभियान अन्र्तगत अहिले देशका ७५ वटा जिल्लामा अभिमुखिकरण, ¥याली प्रदर्शन, ५ सय गाविसमा अभिमुखिकरण, नमुना खेती प्रदर्शनी, सय गाविसमा अगुवा कृषकलाई तालिम र अनुगमन लगायत कृषिसम्बन्धि अध्ययन÷अध्यापन गराईने क्याम्पसहरुमा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन भैरहेका छन् ।
प्रकाशित मिति:
June 11, 2014