• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » लगातार छैटौं पटक पनि संसद बैठक रोकियो
लगातार छैटौं पटक पनि संसद बैठक रोकियो

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को बैठक लगातार छैटौं पटक पनि अवरुद्ध भएको छ । सोमबार बसेको दोस्रो बैठक समेत प्रतिपक्षी दलहरूको अवरोधका कारण सुचारु हुन सकेन ।

संसदको दोस्रो बैठक सुरु हुने वित्तिकै एकीकृत नेकपा(माओवादी)का सभासद् सुरेन्द्र कार्कीले सरकारले प्रतिपक्षको आवाजलाई सम्बोधन नगरेको र सामान्यभन्दा सामान्य माग पनि पूरा गर्न तत्पर नभएका कारण संदनको कारबाही अगाडि बढ्न नसक्ने बताए ।

साँझ दोस्रोपटक बसेको बैठकमा सभामुखसँग समय लिएर बोल्दै कार्कीले प्रतिपक्षलाई पेलेर जाने मानसिकतामा सरकार रहेका कारण सहमति हुन नसकेको उनको धारणा थियो ।

सभामुख सुवास नेम्वाङले सधै सदनको कारवाही अवरोध हुनु राम्रो नभएको भन्दै तत्काल सदन सञ्चालनको वातावरण बनाउन सरकार र विपक्षी दललाई आग्रह गरेका थिए ।

प्रतिपक्ष दलले उठाएको माग सम्बोधन गर्न सरकार तत्पर नभएका कारण सदनको कारबाही अगाडि बढ्न नसक्ने बताएपछि सभामुख नेम्वाङले सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै यही जेठ २८ गते बुधबार साँझ ५ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।

सोमबार दिउँसो ३ बजे बसेको संसदको बैठक पनि प्रतिपक्षी दलकै अवरोधका कारण स्थगित भएको थियो ।

सोमबार बसेको पहिलो संसदको बैठक सुरु हुने वित्तिकै सङ्घीय समाजवादी पार्टीका सभासद् अशोककुमार राईले विपक्षी दलहरूले यही जेठ १६ गतेदेखि उठाएको विषयमा सरकार र सत्ता पक्षले कुनै पनि ध्यान नदिएका कारण आफूहरू बाध्य भएर सदन अवरोध गर्नुपर्ने अवस्थामा आएको बताएका थिए ।

गत मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानविनमा सरकार उदासिन रहेको, जथाभावी तवरले अर्थ र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बजेट रकमान्तर गरेको तर सो विषयलाई सरकारले सदनलाई जानकारी नगराएको भन्दै उनले प्रतिपक्षी दलले उठाएको माग सम्बोधन नहुँदासम्म सदन चल्न नसक्ने तर्क गरेका थिए ।

प्रकाशित मिति: June 09, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |