यति रहेछ मन्त्री केसीको सम्पत्ति
काठमाडौँ, २२ असार । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी र उनको परिवारको नाममा काठमाडौँ र झापामा घर जग्गा तथा झापा, ललितपुर र जुम्लामा केही जग्गा रहेको छ ।
मन्त्री केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गर्नुभएको सम्पत्ति विवरणमा उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख र श्रीमान् चन्द्रप्रकाश (सिपी) मैनालीको नाममा थप रु तीन लाख बचत छ । श्रीमान, छोरा र आफ्नो नाममा विभिन्न वित्तीय संस्थामा रु ३५ लाख बराबरको सेयर रहेको छ भने रु आठ लाख ऋण छ । उनले रु ३५ लाख ऋण दिनुभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री केसीको साथमा १८ तोला सुन र १५० तोला चाँदी छ । उनको हुन्डाई कम्पनीको रु १६ लाख ३० हजार मूल्य पर्ने कार तथा छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर रहेको विवरणमा उल्लेख छ ।
उनको तीन थान टिभी, दुई थान फ्रिज, दुई थान ल्यापटप र एउटा कम्युटर रहेको सम्पत्ति विवरणमा समावेश छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । रासस

प्रकाशित मिति:
July 06, 2014