कार्यालयमै बसेर ग्राहकको घरको मिटर चढाइदिन्छन् प्राधिकरणका कर्मचारी
नेपाल विद्युत् प्राधिकरण चाबहिल उपकेन्द्रका मिटर रिडरहरुले समयमा नै ग्राहकको घरमा रहेको मिटर रिडिङ नगरी कार्यालयमै बसेर मनपरी ढङ्गले अङ्क चढाइदिँदा अनावश्यकरुपमा बढी पैसा तिर्नुपरेको ग्राहकले गुनासो गरेका छन्।
“तीन महिनादेखि घरमा रहेको बत्तीको मिटर रिडिङ गर्न प्राधिकरणका कर्मचारी आएका थिएनन्, फागुन र चैतको मिटरको नम्बर आफैँले टिपेर लगि पैसा तिरेकी थिएँ, वैशाखको पैसा तिर्न मिटरमा चढेको अङ्क लिएर जाँदा त मिटर रिडरले कार्यालयमै बसेर ५७ युनिट चढाइदिएछन्”– नयाँपाटीकी पीडित ग्राहक शान्ति भण्डारीले भनिन्।
जम्मा १८ युनिटमात्र चढेको मिटरमा मिटर रिडर सूर्यबहादुर खत्रीले कार्यालयमै बसेर तेब्बरभन्दा बढी युनिट चढाइदिएर ठगी गरेको उनले गुनासो गरिन। “पछि मैले अहिल्यै मेरो घरको मिटरमा गएर हेर्नुस् त्यहाँ २१६७ युनिट मात्र पुगेको छ भनेपछि कर्मचारीले न्यूनतम शुल्क मात्र लिए” उनले भनिन्।
यो समस्या जेठ र असारको पैसा तिर्दासमेत आएको पनि उनले गुनासो गरिन् पटकपटक यस्तो समस्या आउँदा ग्राहकहरु प्राधिकरणप्रति क्रुद्ध बन्न थालेका छन्।
अर्की जोरपाटीकी पीडित ग्राहक शान्ता सुवेदीले त सधैँ २० युनिटभन्दा बढी नचढ्ने बत्तीको पैसा एकै महिनामा ७०० तिर्नुपरेको गुनासो गरिन्मि् टर रिडिड. गर्न प्राधिकरणका कर्मचारी नआइदिँदा आफूहरु बत्तीनै नबाली बढी पैसा तिर्न बाध्य हुनुपरेको उनले बताइन्।
विद्युत् भार कटौतीका कारण ऊर्जाको वैकल्पिक साधन पनि प्रयोग गर्नुपर्ने र मिटरमै नचढेको सात गुणाभन्दा बढी पैसा असुली प्राधिकरणले पीडामाथि पीडा दिएको गुनासो सुवेदीले गरिन्।
यस्तै हो भने प्राधिकरणले ग्राहकलाई टाट पल्टाउने छ– उनले भनिन्। काठमाडौँको पूर्वोत्तर क्षेत्रका जोरपाटी, गोकर्णेश्वर, बालुवा, नयाँपाटी, सुन्दरीजल, गागलफेदी, आलापोट, भद्रवास र डाँछीलगायतका गाविसमा मिटर रिडिङ गर्ने कर्मचारीले पहिल्यैदेखि ग्राहकको घरमा नगई कार्यालयमै बसेर अन्दाजका भरमा बिलमा युनिट चढाइदिने गरेको स्थानीयवासी मत्स्येन्द्र सापकोटा बताउँछन्।
चाबहिल प्राधिकरणका प्रमुख हरिवीर सिलवाल पनि त्यस क्षेत्रमा मिटर रिडिङ गर्ने कर्मचारीहरु सज्जन कुइँकेल र सूर्यबहादुर खत्रीका बारेमा धेरै गुनासा आएको बताउँछन्।
“कुइँकेल राजनीति गर्दै हिँडेर काम गर्दैनन् भने खत्री कहिल्यै समयमा कार्यस्थलमा पुग्दैनन्, मैले पटकपटक चेतावनी दिइसकेँ तै पनि मान्दैनन् अब सरुवा गरिदिनमात्र बाँकी छ”– कार्यालय प्रमुख सिलवालले भने।
प्राधिकरण चाबहिलका मिटर शाखा प्रमुख सुमनराज पाण्डे भने मिटर रिडरहरुको सङ्ख्या कम भएकाले पनि मिटर रिडिङ हुन नसकेको र कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूरा नगरेकाले समस्या आइरहेको स्वीकार गरे।
तीस हजार ७१३ ग्राहकका लागि १६ जना मिटर रिडरमात्र कार्यरत रहेकाले पनि सबैतिर मिटर रिडिङ गर्न नसकेको पाण्डेको भनाइ छ। मिटर रिडिङ शाखामा २१ जनाको दरबन्दी भए पनि १६ जनामात्र कार्यरत रहेका र कार्यरत मिटर रिडरमा अधिकांश महिला मिटर रिडरहरु कार्य क्षेत्रमा नजाने गरेकाले ग्राहकका घरमा गएर मिटर रिडिङ गर्ने काम गर्न नसकिएको उनले स्वीकारे।
यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक रामचन्द्र पाण्डे यो समस्याको जानकारी आफूलाई नआएको र प्राधिकरणमा आवश्यक पदको पूर्तिसमेत हुने क्रममा रहेकाले पदपूर्तिपछि यो समस्या समाधान हुने बताउँछन्। तर के पदपूर्ति नहुन्जेल ग्राहकले प्राधिकरणको मनपरि सहेरै बस्नुपर्ने हो त? पीडित कर्मचारीहरु आक्रोशपूर्ण रुपमा प्रश्न गर्छन्। रासस

प्रकाशित मिति:
July 18, 2014