इजरायलमा नेपालीलाई घरबाहिर नजान आग्रह
इजरायलको तेलअविवस्थित नेपाली दुतावासले त्यहाँ कार्यरत नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको छ । गाजाक्षेत्रबाट निरन्तर रकेटहरु आइरहेकोले आफ्नो सुरक्षाको लागि अनावश्यक हिँडडुल नगर्न नेपाली समुदायलाई दुतावासले अपिल गरेको हो ।
दुतावासले इजरायल र गाजा क्षेत्रबीच युद्धबिराम भइनसकेकोले त्यसको भ्रममा नपर्न समेत आग्रह गरेको छ ।दुतावासका उपनियोगप्रमुख खड्गप्रसाद दाहालका अनुसार स्थिती भयवह नभएपनि तनाव भने रहेको छ । 'सबै नेपाली सुरक्षीत छन् ।
कुनै अपि्रय घटना सुन्नु परेको छैन', दाहालले भने,'रकेट आइराख्ने भएकोले वातावरण तनावनै छ । तर, भयवह छैन ।'
उनले अधिकांस नेपाली घरभित्रै काम गर्ने भएकोले त्यति अत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।
आकासमै रकेट डिस्फोज
गाजा क्षेत्रबाट प्रहार हुने रकेटहरु इजरायली सुरक्षा अधिकारीहरुले आइरन बम प्रहार गरी आकाशमै डिस्फोज गर्ने गरेको छ । 'रकेटहरु जमिनमा र्झन पाउँदैन', दाहालले भने,'आइरन बम प्रहार गरी आकाशमै डिस्फोज गरिंदै आएको छ ।'
गाजा क्षेत्रबाट रकेट प्रहार गर्ने बित्तिकै शहरहरुमा साइरन बज्ने गरेको छ । 'साइरन बजेको एकदेखि दुई मिनेटमा आइरन बम प्रहार गरी डिस्पोज गरिन्छ', उनले भने,'त्यसरी डिस्फोज हुँदा ठूलो आवाज निस्कछ । घरहरु थर्कान्छ । यसले गर्दा कतिपय नेपाली डराएका पनि छन् ।'
गाजा क्षेत्रबाट नजिक रहेको आस्केला र आशदोज क्षेत्रहरु बढी प्रभावित रहेको उनले बताए । 'त्यहाँ तीनवटासम्म रकेट आएमा सुरक्षा अधिकारीहरुले डिस्फोज गर्न भ्याउँछन्', उनले भने,'त्यसभन्दा अलि बढी एकैपटक आएमा गार्हो हुन्छ । र, घरहरुमा खस्न सक्छ ।' ती क्षेत्रमा करिब ३ सय नेपालीहरु कार्यरत रहेका छन् ।
राजधानी जेरुसलम, हाइफा र तेलअविबमा आउने रकेट भने कुनै हालतमा जमिनमा र्झन नपाउने दाहालले बताए ।
घर घरमा बंकर
युद्ध भइराख्ने भएकाले अधिकांस घरमा बंकर छन् । दुताबासले साइरन बज्न साथ बंकरमा गइहाल्न सुचित गरेको छ । 'यहाँको प्रायजसो सबै घरमा बंकर छन् । यो सुरक्षीत हुन्छ । नयाँ घरहरुमा त अझ कोठामै बंकर राखेको समेत छ', उनले भने,'साइरन बज्नेबित्तिकै जतिसक्दो छिटो बंकरमा जानुपर्छ ।'
दुतावासका अनुसार दक्षिणी क्षेत्रमा रहेको कृषि खेतीमा काम गर्ने नेपाली पनि सुरक्षीत रहेको छ । 'त्यस क्षेत्र इजिप्टसँग जोडिएको हुनाले रकेट आउने गरेको छैन', उनले भने । इजरायलमा झन्डै ६ हजार नेपाली कार्यरत छन् । जसमा अधिकांस कियरगिभरमा कार्यरत छन् ।
साइरन बज्दा अपनाउने विधि
इजरायलको होम फन्ट कमाण्डले साइरन बज्नसाथ सुरक्षाको लागि निश्चित तरिकाहरु अपनाउन भनेको छ । जुन यस्तो छ ।
घरभित्र रहँदा तोकिएको सुरक्षीत स्थान, सेल्टर, बंकरमा तत्काल जाने र समयले भ्याएसम्म झ्याल ढोका बन्द गर्ने ।
घरबाहिर रहँदा नजिककै भवनमा समयले भ्याएसम्म जाने । नजिकै भवन, छेको पर्ने ठाँउ नभएसमा खुल्ला ठाँउमा जमिनमा सुत्ने र आफ्नो टाउकोलाई दुवै हातले ढाकेर सुरक्षीत बनाउने ।
गाडी चलाइरहेको भए तत्काल गाडी रोक्ने, गाडीबाट बाहिर निस्कने । नजिकै बिल्डीङ भए जाने । गाडीबाट निस्कन नसकिने भए गाडीलाई छेउ लगाउने । रोक्ने र १० मिनेट पर्खने ।
तीन तल्ला भन्दा धेरै तल्लाको घरमा बस्नेहरुमा माथिल्लो तल्लामा बस्ने व्यक्तिहरु जसको निमित्त त्यहाँ सुरक्षीत स्थान, सेल्टर वा बंकर छैन भने उनीहरु उक्त तलाबाट २ तला मुनि ओर्लिने ।
सर्बसाधारणहरु कुनै भवनको ढोकामा नबस्ने । कुनै निर्देशन भएमा बाहेक १० मिनेटसम्म सुरक्षीत स्थानमा बसेर निस्कने, अपरिचित वस्तु जमिनमा रहेका रकेट आदिबाट टाढा रहने । यस्तो देखिएमा तत्काल हेर्न आएका मानिसलाई हट्न लगाई प्रहरीलाई खबर गर्ने ।
सञ्चार माध्यमहरुमा आइरहेका निर्देशनहरु सुन्ने क्रम जारी राख्ने । - कान्तिपुरबाट

प्रकाशित मिति:
July 17, 2014