आफ्नै भवनमा नेपाल पत्रकार महासंघ जाजरकोट
दिप बहादुर घर्ति
जाजरकोट ४ साउन । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको रजिष्टरमा स्थापना भएको कार्यालय आईतवार देखि आफ्नै भवनको एक कोठामा सञ्चालन हुने भएको छ । विधीवत उद्घाटन कार्यक्रमको आयोजना सहित कार्यालय सञ्चालन आफ्नै भवनमा हुने भएको हो ।
जाजरकोट ४ साउन । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको रजिष्टरमा स्थापना भएको कार्यालय आईतवार देखि आफ्नै भवनको एक कोठामा सञ्चालन हुने भएको छ । विधीवत उद्घाटन कार्यक्रमको आयोजना सहित कार्यालय सञ्चालन आफ्नै भवनमा हुने भएको हो ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले आईतवार आयोजना गरेको एक औपचारीक कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष दिनेश चौधरी, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र स्थानिय विकास अधिकारी कृष्ण प्रशाद पाण्डेले संयुक्त रुपमा रिवन काटेर कार्यालय सञ्चालनको उद्घाटन गरेका थिए । शाखाले आफ्नो स्थापना कालको झण्डै ११ बर्ष पछि आफ्नै भवनमा कार्यालय सञ्चाल गर्न सफल भएको छ । २०६२ सालमा घुमन्ते रजिष्टरमा स्थापना भएको जिल्ला शाखाले निकै घुम्तिमोडहरु पार गर्दै आएको छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको ब्यबसायीक दक्षत्ता वृद्धिविकास र पत्रकारहरुको हकहितका पक्षमा वकालत गर्ने पेशागत संगठनहरुका विचारहरुलाई संस्थागत गर्नका लागी जिल्ला शाखाको आफ्नै भवन हुन जरुरी थियो । उक्त जरुरीलाई जिल्ला शाखाले महशुस गर्दै आज भन्दा झण्डै ३÷४ बर्ष पहिले देखि आफ्नो अभियानलाई थालनी गरेको जिल्ला शाखा पूर्व अध्यक्ष राजेन्द्र कार्की वताउछन । उनीले अभियानकै निरन्तरतामा आज आएर जिल्ला शाखाले आफ्नै भवनको एक कोठामा कार्यालय सञ्चालन गर्न सफल भएको हो भने ।
३ बर्ष पहिले तत्कालीन शान्ति तथा पूर्ननिर्माण मन्त्री सत्य पहाडी द्धारा शिलन्यास गरिएको भवन निर्माण कार्यको बाँकी काम ५० प्रतिसत भन्दा बढी नै छ । भिविन्न निकाय संग अनुरोध गर्दै आर्तिक श्रोत जुटाएर जिल्ला शाखाले आफ्नो भवनको निर्माण कार्यलाई निरन्तरता दिदै आई रहेको छ । शाखाको भवन पूर्णरुपमा निर्माण भएमा पत्रकारहरुको ब्यबसायी क्षमता विकास गर्न सकिनेमा धेरैले विश्वास गर्दै आएका छन ।
प्रकाशित मिति:
July 20, 2014