• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सत्र मृत व्यक्तिको नाउँमा रकम निकासाको रहस्य खुल्यो
सत्र मृत व्यक्तिको नाउँमा रकम निकासाको रहस्य खुल्यो

रौतहट, २९ असार । यस जिल्लाको सरमुज्वा गाविसका सचिव र प्राविधिकले १७ जना मृत व्यक्तिका नाउँमा वृद्धभत्ता रकम दुई वर्षदेखि निकासा गराई खाँदै आएको रहस्य खुलेको छ ।

आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाबारे गाविसमा दुई पक्षबीच मतभेद भएपछि यो रहस्य बाहिर आएको निवर्तमान वडाध्यक्ष ३ का उपेन्द्रदास तात्माले बताए ।

वडा नम्बर १ की बसमतिया देवी, राधिकादेवी तुरहा, हरिदयाल साह तुरहा, रमसखियादेवी तत्मिन, ३ का भोलाराय यादव, सुकदेवप्रसाद कलवार, बिसुनदयाल कलवार, ५ का योगी बैठा, लक्ष्मीनिया देवी, रधुनाथ साह, रामअशीष दास, जमदार बैठा, मिसिरिया देवी, ६ का जलसिया देवी, दुलारीदेवी साह, फुलकुमारी, रामअश्रे उपाध्याय, सुब्बा महरा चमार, ७ की जानकी देवी, हिरवा यादवनी, रामकिसुनराय यादव लगायतका १७ जनाको नाउँमा सचिव जगत साह र प्राविधिक सहायक शिवनारायण यादवले रकम निकासा गराई बाँडेर लिइआएको स्थानीय मुक्तिनारायण मिश्राले जानकारी दिए ।

गाविसका रकम विभिन्न शीर्षकमा निकासा गरिए पनि वास्तविक रूपमा खर्च नभएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दाएर गरिएको उनले बताए ।

सोही क्रममा अख्तियारका प्रहरी निरीक्षक अभिनयकुमार सिंहको नेतृत्वमा आएको टोलीले सचिवसँग खर्चको विवरण माग्दा विकास निर्माणका कुनै कागजपत्र देखाउन नसकेको र त्यस्तो विवरण पछि पेस गर्ने भनी मञ्जुरनामा पत्र बनाएको थाहा भएको छ ।

यसैगरी, जिल्लाका ९६ गाविसका सचिव र प्राविधिकले विभिन्न शीर्षकमा रकम निकासा गरी हिनामिनासमेत गरेको तथा उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रहरी नायब उपरीक्षक कृष्ण कँुवरले जानकारी दिए ।

प्रकाशित मिति: July 13, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...

आज बेलुकी चन्द्रग्रहण, कुन राशिले ...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांं...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |