एमालेको मतगणना जारी, नेपाल र ओली प्यानलबीच कडा प्रतिस्पर्धा
काठमाडौँ, २९ असार । नेकपा एमाले को नवौंँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि यही असार २६ गते भएको निर्वाचनको मतगणना त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (दशरथ रङ्गशाला) मा जारी छ ।
साँझ ५ बजेसम्मको परिणामानुसार अध्यक्षमा नेता माधव नेपाल र केपी शर्मा ओलीबीच कडा प्रतिस्पर्धा देखिएको छ । कूल २५० मत गणना हुँदा ओलीले १४१ र अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपालले १०३ मत प्राप्त गरेका छन् । छ मत भने बदर भएका छन् ।
उपाध्यक्षमा वामदेव गौतम ११२, विद्यादेवी भण्डारी १११, प्रदीप नेपाल १००, धर्मनाथप्रसाद शाह १००, किरण गुरुङ ९७, अष्टलक्ष्मी शाक्य ९२, युवराज ज्ञवाली ९३, भीमबहादुर रावल, ८८, लालबाबु पण्डित ८७ र राजेन्द्र पाण्डेको ८६ मत आएको छ ।
महासचिवमा ईश्वर पोखरेलको १०८ र सुरेन्द्रप्रसाद पाण्डेको ९०, उपमहासचिवमा विष्णुप्रसाद पौडेलको १११, शङ्कर पोखरेलको ११०, घनश्याम भुसालको ८८ र रघुजी पन्तको ८७ मत प्राप्त भएको छ ।
सचिवमा प्रदीपकुमार ज्ञवालीको १११, पृथ्वी सुब्बा गुरुङको १००, विष्णु रिमालको ११०, गोकर्ण विष्टको ९६, योगेश भट्टराईको ९६, रघुवीर महासेठको ९५, परशुराम मेघी गुरुङको ९०, भीमप्रसाद आचार्यको ८६, वेदुराम भुसालको ८२ तथा केशवलाल श्रेष्ठको ९३ मत प्राप्त भएको एमाले प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
यो जारी मतगणना बुथ नं १ (केन्द्रीय कमिटी, निकाय र जनसङ्गठन) को हो । कूल पाँच बुथ छन् । एक बुथमा सात मतपेटिका छन् । मतगणना रातिसम्म हुन सक्नेछ ।

प्रकाशित मिति:
July 13, 2014