नेमारले विश्वकपमका बाँकी खेल गुमाउने
![]() |
उपचाररत नेमार |
कोलम्बियाविरुद्व शनिबार राती भएको क्वार्टरफाइनल खेल दौरान घाइते भएका २२ वर्षिय नेमारको ढाडको हड्डी भाँच्चिएको छ। योसँगै उनले बाँकी खेल गुमाउनुपर्ने भएको छ ।
चिकित्सकका अनुसार नेमारको अप्रेसन गर्नु नपरे पनि केही साता मैदान बाहिररहनुपर्ने अवस्था छ। नेमारकै उत्कृष्ट प्रदर्शनपछि ब्राजिल सेमिफाइनलसम्म आइपुगेको हो। उनले जारी प्रतियोगितामा चार गोल गरेका छन्। कोलम्बियाविरुद्व भएको सुरुआती गोलमा कप्तान थियागो सिल्भाले नेमारकै कर्नर प्रहार सदुपयोग गरेका थिए।
प्रकाशित मिति:
July 05, 2014