मलिसियाको स्टील फर्निचर उद्योगमा जाजरकोटका एक कामदारको मृत्यु
दिप बहादुर घर्ति
जाजरकोट २१ असार । कमाई गर्न मलिसिया गएका जाजरकोटका एक कामदारको यहि असार ५ गते मृत्यू भएको छ । सुक्रवार दिउसो लास नेपाल ल्याई पुर्याएपछि मृत्यु भएको पुष्टि भएको हो ।
जाजरकोट २१ असार । कमाई गर्न मलिसिया गएका जाजरकोटका एक कामदारको यहि असार ५ गते मृत्यू भएको छ । सुक्रवार दिउसो लास नेपाल ल्याई पुर्याएपछि मृत्यु भएको पुष्टि भएको हो ।
जगतिपूर गाविस वडानं.३ कट्टि का बुद्धि बहादुर कामीका छोरा बर्ष १९ का शान्त बहादर वि.क.को यहि असार ५ गते मलिसियाको एक स्टील फर्निचर उद्योगमा आफै झुण्डिएर मृत्यु भएको छ । वि.क. आफै झुण्डिएर किन मरे भन्नेवारेमा जानकारी आउन सकेको छैन ।
बुवा बुद्धि बहादुर कामीले मृतक छोराको लास सुक्रवार दिउसो २ बजे त्रिभुवन विमान स्थलमा बुझे । साथै लास बुझि सकेपछि सुक्रवारनै पशुपति आर्यघाटमा दाहंसंस्कार गरिएको टेलिफोनद्धारा बद्धि बहादुर कामीले वताए ।
छोराले विदेशवाट कमाएर ल्याएको पैसाले सुख र शान्तिका साथ जीवन विताउने सुन्दर सपना बोकेका बुवाले मृत छोराको लास बुझेर दाहसंस्कार गर्दाको पिडा भिन्नै प्रकारले व्यक्त भएको राजनैतिक अगुवा माया प्रशाद शर्माले फोनमै वताए । उनीले गाउँका सामान्य मान्छेले काठमाण्डौ जस्तो शहरमा छोराको लास बुझेर दाहसंस्कार गर्नु कठिन भएको हुदा आफुले सघाउनु पर्यो भने ।
२० बर्षिय वि.क.को घरमा १७ महिनाको एक छोरी र १९ बर्षिय अस्मिता वि.क. श्रीमति छन । शान्त बहादुर घरवाट मलिसिया जादा ७ महिनाकी घोरीलाई घरमा छोडेर गएका थिए । गत बर्षको असारमा मलिसिया गएका वि.क.ले हाल सम्म घरमा कति पैसा पठाए भन्नेवारे श्रोतले जानकारी दिन मानेन ।
मृतकका आफन्तजनहरुले मलिसियाको स्टील पर्निचर कम्पनीवाट पाउने राहत उपलब्ध गर्नका लागी सम्वन्धित गाउा विकास समितिवाट आवश्यक कागजजात पूरा गरि सकेका छन ।
प्रकाशित मिति:
July 05, 2014