२ दशकममा नेप्सेमा नयाँ रेकर्ड, एकै दिन अर्बमाथि कारोबार
साउन ५ । नेपाल स्टक मार्केटमा अहिलेसम्मकै उच्च रकमको कारोबार भएको छ । सोमबार मात्रै एक अर्ब २० करोड ३१ लाख ५९ हजारको सेयर खरिद बिक्रि भएको हो ।
सेक्युरिटिज खरिद बिक्री केन्द्रलाई २०५० पुष २९ गते नेपाल स्टक एक्सचेञ्जमा रुपान्तरण गरिएको थियो । सुरुका दिनमा १/२ लाख कारोबार हुने नेप्सेमा अब एकै दिन अर्बको कारोबार हुन थालेको हो । यसले बजारको दिगोपनता समेत झल्काएको छ ।
बजारमा विभिन्न किसिमका लगानीकर्ताहरु थपिने क्रम बढ्दै जाँदा कारोबार संख्या पनि बढेको हो ।
यता, सोमबार बजारमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएपछि नेप्से परिसूचक १०८३ मा आइपुगेको छ । नेप्से अघिल्लो दिनभन्दा ८.५८ अंकले बढेको छ ।
मौद्रिक नीतिपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

प्रकाशित मिति:
July 21, 2014