ललितपुरबाट हतियार तथा गोली बरामद
ललितपुर १८ असार । महानगरीय प्रहरी परिसर ललितपुरले लामाटारको लाकुरी भन्ज्याङबाट दुई थान अवैध हतियार बरामद गरेको छ ।
उक्त स्थानबाट लुकाइछिपाई राखिएका दुई थान पेस्तोल, एमएफएस ९७ र एमएफएस ९५ लेखिएको एक÷एक थान गोली र एलवाई ०८ लेखिएको अर्को एक थान गोली बरामद गरिएको आज परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ती हतियार गत माघ ४ गते धापाखेल गाविस–१ स्थित धापाहाइट पानी पँधेरामा मिनकृष्ण महर्जन र मिलन सिलवालमाथि प्रहार गर्दा प्रयोग भएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्पचन्द रञ्जितले बताए ।
घटनामा मुख्य दोषी ठानिएका रमेश बाहुन भन्ने सुजनकुमार पौडेललाई गत असार ११ गते लागुऔषध र हतियारसहित प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न रहेका भनिएका मधुसूदन डोटेल, लेखराम महर्जन, सञ्जय बानियाँ र छिरिङ लामालाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र सम्पत्ति शुद्वीकरण मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार ललितपुरमा राखिएको परिसर प्रमुख रञ्जितले बताए ।
घटनामा संलग्न अभियुक्त ललितपुर ठेचोका प्रकाश माली, धापाखेलका युवराज खड्का र माधव बानियाँ, ललितपुर उपमहानगरपालिका–४ का समिर केसी, काभे्रपलाञ्चोक भुम्लुसल्लेका पञ्च लामा, झापा महेशपुरका गङ्गाप्रसाद लिम्बु र नवलपरासी प्रगतिनगरका दुर्गा राई भन्ने दिवान राई फरार रहेका छन् ।

प्रकाशित मिति:
July 02, 2014