बाढीका कारण चार सय परिवार विस्थापित
कञ्चनपुर, ५ साउन । अविरल वर्षासँगै कञ्चनपुरका नदीमा आएको बाढीका कारण झन्डै ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
चार दिनदेखिको अविरल वर्षाले गर्दा महाकाली, जोगबुढा र दोदा नदीको बाढीले डुबानमा परी ती परिवार विस्थापनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार महाकाली नदी र जोगबुढा नदीको बाढीका कारण दोधारा–८ र ९ का १५० परिवार विस्थापनमा परेका छन् । विस्थापित परिवारलाई अम्बिका उच्चमाध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । भीमदत्तनगरपालिका–१० श्रीलङ्का टोलका बाढीको डुबानमा परेका ५० परिवारको उद्धार गरी महाकाली निमावि तुम्डानीमा बस्ने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
यसैगरी भीमदत्तनगरपालिका–१२ विष्णुटोलका १५० जनालाई पूर्ण उच्चमावि ऐरी र सोही ठाउँका १४० जनाको उद्धार गरी भागरथी प्रावि ऐरीमा बस्ने व्यवस्था मिलाइएको छ । दोदा नदीको बाढीको डुबानका कारण बेलौरी नगरपालिका–७ उदयपुरका ७० परिवार विस्थापित भई नजिकैको सामुदायिक वनमा बसेका छन् ।
वर्षा र नदीको बाढीको पानीका कारण भीमदत्तनगरपालिका–४, ५, ६, ७, ९, १०, ११, १२, १५, १८ र १९ सुडाको झजपुर, दैजीको सार्किटोल र लक्ष्मीपुरको कुण्डका गरी ६०० भन्दा बढी घर डुबानमा परेको प्रहरी उपरीक्षक चौधरीले बताए ।

प्रकाशित मिति:
July 21, 2014