प्रचण्ड र बाबुरामको विवाद झन् झन् चुलिदैं
एकीकृत नेकपा माओवादीमा पार्टी नेतृत्वको विषयमा भित्रभित्रै विवाद चुलिएर गएको छ । संविधानसभाको दोस्रो चुनावमा पार्टीले अप्रत्यासित रुपमा हार बेहोरेपछि पार्टी बरिष्ठ उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालबीच दुरी बढ्दै गएको हो ।
नेतृत्वकै कारण पार्टीले नराम्रो हार बेहोरेको भन्दै नैतिकताका आधारमा पनि दाहालले नेतृत्व छाड्नुपर्ने विषयको पार्टी भित्रको विवाद विस्तारै सतहमा समेत देखिन थालेको छ । पछिल्लो पटक एमाओवादीका विभिन्न मोर्चा तथा जनवर्गिय संघ संगठनहरुमा यो विषयले प्राथमिकता पाउदै आएको छ ।
लामो समयदेखि पार्टीको नेतृत्व दाहालले लिदैं आएकोमा पूर्व उपाध्यक्ष भट्टराईले घुमाउरो भाषामा अध्यक्ष दाहाललाई नेतृत्व छाड्न दबाब दिएका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा एउटै नेता दुई कार्यकाल बस्न नहुने धारणा सार्वजनिक रुपमा व्यक्त गरेपछि पार्टीभित्रको नेतृत्वको विवाद सतहमा आएको हो ।
नैतिकताका आधारमा अध्यक्षबाट दाहालले राजीनामा दिनुपर्ने पार्टी भित्र माग उठेपछि अध्यक्ष दाहालले भने यसअघि किर्तिपुरमा अखिल क्रान्तिकारीको एक कार्यक्रममा नेतृत्वबाट नहट्ने संकेत स्पष्ट रुपमा दिईसकेका छन् । मंसिर अन्तिम साता विद्यार्थी नेताहरुले पार्टीले हारेको खण्डमा अध्यक्षले राजीनामा दिनुपर्ने माग गरेपछि दाहालले एउटा मोर्चामा हार हुदैमा कमाण्डरले मोर्चा छाड्न नहुने धारणा सार्वजनिक गरेका थिए ।
एमाओवादी चुनावमा तेस्रो स्थानमा आएपनि नेतृत्वको विषय भने भुसमा सक्लिएको आगो जस्तै भित्रभित्रै सक्लिरहेको हो । एमाओवादी स्रोतका अनुसार पार्टी भित्र यो विवाद कायमै रहेपनि संविधानसभामा सहभागी हुने या नहुने तथा समानुपातिक सभाषद चयन लगायतका विषयले ओझेलमा पारेको छ । तर नेता भट्टराईले भने पार्टीको मुख्य एजेण्डा भन्दा फरक विषयलाई सार्वजनिक गर्नुले एमाओवादी भित्र पार्टी नेतृत्वको विवाद अझै चुलिएर जाने राजनीतिक विश्लेषकहरुको ठम्याई छ । - पुस ५ ।

प्रकाशित मिति:
December 20, 2013