• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » एमाओवादी नेता शर्माले भने– 'विदेशमा रहेका नेपालीहरु विभाजित हुनुहन्न'
एमाओवादी नेता शर्माले भने– 'विदेशमा रहेका नेपालीहरु विभाजित हुनुहन्न'

दिनेश पोखरेल/विवेक खनाल
पोर्चुगल, अक्टोबर २० । एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख दिनानाथ शर्माले गैरआवासिय नेपालीहरुको संगठन एनआरएनलाई साझा संगठनका रुपमा अघि बढाउन आग्रह गरेका छन् ।

एनआरएन पछिल्लो समय राजनीतिबाट प्रभावित हुन थालेको भन्दै उनले राजनीति भन्दा माथी रहेर विदेशमा रहेका नेपालीको हितका खातिर क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

नेपाली जन प्रगतिशिल मञ्च पोर्चुगलको तेस्रो बार्षिक साधारणसभा उद्घाटन सत्रलाई संवोधन गर्दै शर्माले कांग्रेस,एमाले, एकिकृत माओवादीका नाममा विभाजित नभई नेपाली समुदायको हितका सवालमा मिलेर अघि बढ्न पनि विदेशमा क्रियाशिलत संघसंगठनहरुलाई आग्रह गरे ।

राजनीतिक प्रणालीको कमजोरीका कारण नेपालीहरु विदेशी भुमिमा कठिन र जोखिमपुर्ण काम गर्न बाध्य भएको उल्लेख गर्दै शर्माले स्वदेशमै उद्योग धन्दाको विकास गरी रोजगारी सृजना गरिनुपर्ने आवश्यकता औल्याए ।

नेपालीहरु विदेशीनुको नकारात्मक मात्र नभई सकारात्मक प्रभाव समेत रहेको भन्दै उनले विदेशमा सिकेको दक्षता र सिपको समुचित प्रयोग गर्न सकिए देश विकासमा महत्वपुर्ण योगदान पुग्ने बताए ।

पुर्वमन्त्री समेत रहेका शर्माले लामो समय विदेशमा रहेर नागरिकता प्राप्त गरेका नेपालीहरुलाई यहाँको शासनसत्तामा हस्तक्षेपकारी भुमिका निर्वाह गर्न पनि अनुरोध गरे ।
एनआरएन पोर्चगलका अध्यक्ष रमेश कुमार गुरुङले पनि विदेशमा रहेका नेपालीहरु राजनीतिक आस्थाका आधारमा विभाजित नभई नेपालीहरुको समस्या समाधानमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

देशको राजनीतिक अवस्थाले विदेशमा रहेका नेपालीहरु समेत प्रभावित हुने भन्दै उनले विश्वभर छरिएर रहेका नेपालीहरुको हित गर्न सक्ने संविधान निर्माणमा राजनीतिज्ञहरु केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

रोजगारी र लगानीको वातावरण भए आफुहरु फर्किएर नेपालकै विकास निर्माणमा जुट्न आतुर रहेको पनि उहाले बताए । जनप्रगतिशिल मञ्च पोर्चुगलका उपाध्यक्ष डिलाराम चापागाई र मञ्चका प्रमुख सल्लाहकार शेरसिंह ठकुरीले नेपालमा जनपक्षीय संविधान निर्माणका लागि विदेशमा रहेका नेपालीहरु समेत एक भएर शशक्त दवाव सृजना गर्नुपर्नेमा जोड दिए । स्वदेशबाट टाढा रहेपनि आफुहरु सदैब देशप्रति चिन्तीत रहेको भन्दै उहाहरुले देशको समुन्नतीका लागि राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी सापकोटा, रामप्रसाद गौचन लगायतले समेत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति: December 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |