प्रधानमन्त्री यता, ओली उता
काठमाडौँ, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओली तनदुरुस्त अर्थात स्वास्थ्यमा समस्या नआएको भए उनी अध्यक्षमा निर्वाचित भएसँगै कुर्सीका लागि निक्कै ठूलै धक्का पैदा हुने भाषण दिन्थे होला । सम्भवतः राजनीतिक कोर्ष समेत फेरिन सक्थ्यो ।
ओलीले आफ्ना प्रतिस्पर्धी माधव नेपाललाई हराएर एमालेको अध्यक्ष त बने । तर, प्रधानमन्त्रीका लागि मरिहत्ते भने गर्न सकेनन् । जसको एउटै कारण अस्वस्थ नै हो । अर्कोतिर प्रधानमन्त्री सुशिल कोइराला आफैं फोक्सोमा क्यान्सरको आशंकामा अमेरिकामा उपचाररत भए जतिबेला एमालेको नवौं महाधिवेशन सम्पन्न भयो । कोइराला एमालेको महाधिवेशन भएको बेला नेपालमा हुन्थे भने एमालेको महाधिवेशनमा कुनै न कुनै पक्षमा उनलाई जोडिन्थ्यो । दुई मध्ये एकपटि उनको नाम जोडिन जान सक्थ्यो र उनी विवादमा पर्थे । यस मामिलामा प्रधानमन्त्री कतै पनि जोडिनु नै परेन ।
आज साँझ भने कोइराला नेपाल आईपुगेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने उपचारका लागि सिंगापुर प्रस्थान गरिसकोक छन् ।
ओलीले प्रधानमन्त्री आएपछि राष्ट्रपतिको भूमिकाको विषयमा कुरा उठाउने भनेका थिए । तर, कोइराला यता ओली उता भएका छन् ।
अध्यक्ष ओली दिउँसो १ः४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुरका लागि प्रस्थान गरेका हुन् भने प्रधानमन्त्री कोइराला साँझ ८ बजे काठमाडौं आईपुगेका हुन् ।
सम्भवतः अब संविधान जारी हुने मितिसम्म अब सरकार परिवर्तनको कुरा उठ्न पनि नैतिकताका रुपमा निक्कै गाह्रो देखिन्छ । कि त संविधान जारी हुँदा सरकार फेरिने सवाल उठ्न सक्ने देखिन्छ भने कि त संविधान जारी गर्न सकेन भन्ने विषयमा कुर्सीको फेरबदल हुने राजनीतिक विश्लेषकहरु तर्क गर्छन ।

प्रकाशित मिति:
July 22, 2014