समितिसँग वार्ता गर्देनौं, प्रधानमन्त्रीसँग चाहेका हौं : नेकपा माओवादी
काठमाडौँ, ७ साउन । नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिकसभा गर्नेबारे प्रधानमन्त्रीसँग फेरी वार्ता सुरु गर्न तयार रहेको बताएको छ ।
गत असार १८ गतेदेखि साउन ५ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री उपचारमा जानुअघि आफूहरूको छलफल भएको र उनी फर्किएकाले अवरुद्ध छलफल फेरि सुरु हुने विश्वास व्यक्त गरे । संविधानसभाअन्तर्गतको संवाद समितिसँग भने आफूहरूले वार्ता नगर्ने अध्यक्ष वैद्यले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा भारतले नेपालको सार्वभौमिकतालाई नै चुनौती दिनेगरी जलस्रोतसम्बन्धी प्रस्ताव पठाएको बताउँदै उनले त्यसविरुद्ध आफूहरू आन्दोलनमा जाने जानकारी दिए ।
उनले भने, “प्रस्तावमा नेपालको विद्युत् उत्पादनमा भारतको मात्रै लगानी हुनुपर्ने र अन्य मुलुकले लगानी गर्न नपाउने भन्ने प्रस्तावदेखि विद्युत्को बिक्री मूल्यसम्म भारतले नै निर्धारण गर्ने भन्ने कुराले विस्तारवादको एकाधिकार बढाउने सोच प्रतिबिम्वित गर्छ ।”
अध्यक्ष वैद्यले पार्टीभित्र छलफल, बहस हुन स्वभाविक भएको बताउँदै आफूसँगको सल्लाहमै सचिव चन्दले फरक प्रस्ताव ल्याएको जानकारी दिए ।
तत्कालिक राजनीतिक कार्यनीतिका रुपमा नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधानसभाको विघटन, सर्वपक्षीय राजनीतिकसभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका जल्दाबल्दा समस्याको समाधान जस्ता विषयलाई तत्कालिक राजनीतिक कार्यनीतिका रुपमा लिने बैठकले निर्णय गरेको छ ।
वर्ग सङ्घर्ष, राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष र जनप्रतिरोध सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, ग्रामीण क्षेत्रमा जनसेवा, विकास निर्माणका काम गर्ने तथा त्यसका लागि जनपरिचालन गर्ने, जनताको सङ्घीय गणतन्त्रमा आधारित जनसंविधानको अन्तर्वस्तुसम्बन्धी पार्टी नीति सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति:
July 23, 2014