ब्लड क्यान्सरबाट पीडित बालकद्वारा आर्थिक सहयोगको याचना
काठमाडौँ, ३ साउन । बझाङ जिल्ला चैनपुर गाविस–४ पिखालेकका दुई वर्षीय बालक डेनिज थापा १३ महिनादेखि ब्लड क्यान्सरका कारण जीवन मरणको दोसाँधमा छन् ।
कान्ति बालअस्पतालमा उपचारत बालक थापाको आगामी दिनको थप उपचारका लागि आर्थिक अभाव भएपछि उनी जीवन मरणको दोसाँधमा पुगेका हुन् ।
बालक थापाकी आमा सुशीला थापाले भनिन्, “अघिल्लो असारको पहिलो हप्तादेखि अहिलेसम्म छोराको उपचार गर्दागर्दै ११ लाख जति सकियो, अब थप उपचारका लागि चिकित्सकले १५ लाखभन्दा बढी आवश्यक पर्ने भनेका छन् ।”
अहिले सो रकम जुटाई बालकको थप उपचार गर्न उनका आफन्तलाई धौधौ परिरहेको छ । स्वदेश तथा विदेशमा रहेका आफ्ना चिनेजानेका सबै नातागोता, साथीभाइसँग उनीहरु आर्थिक सङ्कलनको अभियानमा लागिरहेका छन् ।
बालकका आमाबाबु दुवै अहिले त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायअन्तर्गत जनस्वास्थ्य विषयमा स्नातकोत्तर सकी सोधपत्र लेखनमा समेत जुटिरहेका छन् ।
विसं २०७० असार ५ गते छोरालाई एक्कासी ज्वरो आयो, विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गरायौँ । पछि कान्ति अस्पतालमा परीक्षण गराउँदा चिकित्सकले पहिलो चरणको रगतको क्यान्सरको आशङ्का गरे । रगत परीक्षण गराउन दिल्ली पठाइयो । रगतको प्रतिवेदनमा सही ठहरियो बिरामी बालकका बुबा दीपक थापाले भने ।
अहिले बालकलाई केमोथेरापीको माध्यमबाट उपचार भइराखेको छ । उनलाई डा प्रकाशनिधि तिवारीले उपचार गरिरहनुभएको छ । पहिलो चरणको क्यान्सर भएकाले बालकलाई पूर्ण निको गराउन सकिने डा तिवारीले जानकारी दिएको बालक थापाका बुबा दीपकले भने ।
चिकित्सकका अनुसार पहिलो चरणको रगतको क्यान्सर भई केमो दिइरहेको बालबालिकालाई अन्य कुनै रोगले समायो भने यसमा जटिलता आउने खतरा हुन्छ । त्यसैले पहिलो चरणका रगतको क्यान्सरलाई विभिन्न माध्यमबाट छिटोभन्दा छिटो उपचार गर्नु आवश्यक हुन्छ ।
यसैबीच बालकको थप उपचारका लागि भन्दै कोरियामा रहेका सुदूरपश्चिमाञ्चल समाजका संयोजक धर्मराज जोशीले रु दुई लाख ८८ हजार सङ्कलन गरेका छन् ।
सङ्कलित सो रकम सिँचाइ मन्त्री नारायणप्रकाश साउदले बालकका बुबा दीपक थापालाई आज हस्तान्तरण गरे । सो अवसरमा मन्त्री साउदले बालकको आगामी उपचारका लागि सरकारका तर्फबाट पनि सहयोग पु¥याउने जानकारी दिए ।
पाँच वर्षमुनिका बालबालिकाको मुटु, क्यान्सर, मिर्गाैलाजस्ता रोगको उपचारका लागि स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पतालबाट निःशुल्क उपचार तथा रु एक लाखसम्मको थप आर्थिक सहयोग दिने प्रावधान रहेको छ ।
तर आफूहरुले कान्ति अस्पतालबाट निःशुल्क सेवा तथा औषधि नपाएको गुुनासो बालकका आमा सुशीलाले बताए ।
बालकलाई थप उपचारका लागि सहयोग गर्न चाहेमा ९८०४६१६६२६ मा सम्पर्क गर्न आग्रहसमेत उनीहरुले गरेका छन् ।

प्रकाशित मिति:
July 19, 2014