• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » झोले विद्यालय खडा गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर, कर्मचारी घुस लिदालिदै फन्दामा
झोले विद्यालय खडा गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर, कर्मचारी घुस लिदालिदै फन्दामा

काठमाडौँ, १५ साउन । पर्सा जिल्लामा झोले विद्यालय खडा गरी भ्रष्टाचार गर्ने जिल्ला शिक्षा कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले हुँदै नभएका विद्यालय खडा गरी आव २०६४÷०६५ देखि २०६९÷०७० सम्म विभिन्न शीर्षकमा निकासा गरी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा जिशिका पर्साका तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झा, कामु जिशिअ रामविनयकुमार सिंह र केदार तिवारी, निमित्त जिशिअ सुरेशप्रसाद सिंह, स्रोत व्यक्ति इन्द्रजित श्रीवास्तव, इन्जिनियर ननवीकुमार सिंह, प्रधानाध्यापक जितेन्द्र यादव र गगनदेव यादव, निर्माण समितिका अध्यक्ष पन्नालाल यादव र अस्थायी शिक्षक रामकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उजुरीका आधारमा छानबिन गरेको आयोगले निजहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, १२ र १७ बमोजिम कसुर गरेका आधारमा रु  ८७ लाख ७३ हजार आठ सय ३३ बिगो कायम गरी आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घुस लिँदालिँदै पक्राउ

आयोगले आज घुस लिँदालिँदै सहरी विकास भवन निर्माण विभागको विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

आयोजनाका प्रमुख कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठले सेवाग्राहीसँग नियमानुसार काम गरिदिएबापत रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले निजहरुलाई घुसबापत लिएको रु ४० हजारसहित पक्राउ गरी हिरासतमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: July 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |