दुई सय ३१ दिनसम्म अनशन बस्दा पनि सुनुवाइ नभएको गुनासो
फोटोः प्रोफाइल |
काठमाडौँ, २१ साउन । रिले अनशन बसेको २३१ दिनसम्म पनि अस्थायी शिक्षकको माग सम्बोधन गर्नेतर्फ सरकारले कुनै वास्ता नगरेको भन्दै अनशनकर्मीले गुनासो गरेका छन् ।
सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्नेलगायतका माग गरी अनशन बस्दै आएका अनशनकर्मीले पत्रकारसँग कुरा गर्दै अनशन बसेको लामो समयसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै गुनासो गरे ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको अगुवाइमा गत पुस ३ गतेदेखि अस्थायी शिक्षकहरु रत्नपार्कस्थित शान्तिवाटिकामा रिले अनशन बस्दै आएका छन् ।
अनशनकर्मीहरुले कुनै पनि बहानामा अस्थायी शिक्षकलाई हटाउन नपाइने, शिक्षा नियमावलीबाट करार शिक्षकको व्यवस्था हटाउनुपर्ने र संशोधित शिक्षा ऐन, २०६३ लाई कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
अनशनकर्मी सूर्यप्रसाद तिवारीले आफूहरुको आन्दोलनलाई दबाउनका लागि सरकारले पटक–पटक सहमतिमात्र गर्ने तर कार्यान्वयन भने नगर्ने गरेको भन्दै आपत्ति जनाए ।
प्रकाशित मिति:
August 06, 2014