जापानमा कामदार पठाउन नयाँ म्यानपावरले पनि पाउने
साउन १७ । सरकारले जापान कामदार पठाउनका लागि नयाँ म्यानपावर कम्पनीलाई पनि अनुमति दिने भएको छ । विगतमा अनुमति पाएका कम्पनीले अपेक्षाअनुसार कामदार पठाउन नसकेपछि नयाँ कम्पनीलाई खुला गर्न लागिएको अन्नपूर्णपोष्टमा खबर छ ।
यसअघि कामदार पठाउने अनुमति नपाएका केही कम्पनीले आफूहरु कामदार जापान पठाउन इच्छुक रहेको बताएपछि नयाँ लाई खुला गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले जापान कामदार पठाउनका लागि जापान इन्टरनेसनल ट्रेनिङ को अपरेसन अर्गनाइजेसन मा सूचीकृत हुन म्यानपावर कम्पनीलाई यही साउन महिनाभरिको समय दिएको छ । आवेदनका आधारमा प्रक्रिया पुगेका कम्पनीलाई कामदार पठाउन अनुमति दिइने अधिकारीले बताएका छन् ।

प्रकाशित मिति:
August 02, 2014