चर्चित गुण्डा नाईके चरीको प्रहरीको गोली प्रहारबाट मृत्यु
हत्या प्रयासको अभियोगमा ६ महिनादेखि फरार रहेका उनको प्रहरीको फायरिङमा गोली लागेर मृत्यु भएको हो ।
सुरक्षाकर्मीसँगको झडपमा काठमाडौं भीमढुंगामा उनलाई गोली लागेको हो ।
सितापाइलाबाट उनलाई पक्राउ गर्न पिछा गर्दै गएको टोलीमाथि ७ साउन्ड गोली प्रहार भएपछि जवाफी फाईरिंग गर्दा उनलाई गोली लागेको प्रहरीले जनाएको छ ।
चरीको शवसँगै ८ राउन्ड जाने पेस्तोलमा एक साउन्ड मात्रै रहेको प्रहरीले जनाएको छ । उनको शवसँगै बाइक समेत लडेको अवस्थामा भेटिएको थियो ।
चरीको शवलाई मोष्टमार्टमका लागि टिचिंग अस्पताल पुर्याइएको छ ।
उनी पक्षधरले भने पक्राउ गर्न सकिने अवस्थामा पनि गोली हानी हत्या गरिएको भन्दै आक्रोश पोखेका छन् । उनी एमाले धादिंगका जिल्लास्तरीय नेता हुन् ।
लामो समयदेखि उनले राजनीतिको आडमा चन्दा आतंक तथा अपहरण तथा ज्यान मार्ने लगायतका क्रियाकलाप गर्दै आएका थिए ।
प्रकाशित मिति:
August 06, 2014