बोक्सीको आरोपमा महिला कुटिइन्
सप्तरी, २२ साउन । कथित बोक्सीको आरोपमा सप्तरीको जमुनी मधेपुरा गाविसमा एक महिला कुटिएकी छिन् ।
जमुनी मधेपुरा गाविस–६ छपकी टोलकी ३२ वर्षीया मरियम खातुनलाई बोक्सीको आरोपमा स्थानीय अजिजले कुटपिट गरेका हुन् ।
विगत केही दिनदेखि बोक्सीको आरोप लगाउँदै निजले आफूलाई गालीगलोज गर्दै आएकोमा बुधबार साँझ ७ बजेतिर खेतमा काम गरी फर्किरहेको समयमा कुटपिट गरेको पीडित खातुनले बताइन् ।
कुटपिटबाट घाइते खातुनको स्थानीय गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको पिठ्यूँ, टाउको तथा मुखमा गम्भीर चोट रहेको चिकित्सकहरूले बताएका छन् ।
पति रहिम रोजगारीको सिलसिलामा विदेशमा रहेकाले अजिजसहितकाले आफूलाई बोक्सी भन्दै कुटपिट गरेको खातुनको भनाइ छ ।
यसअघि साउन १५ गते सप्तरीको नकटी रायपुर गाविस–६ निवासी पवित्रादेवी यादवलाई स्थानीयले बोक्सी भन्दै कुटपिट गरेका थिए ।

प्रकाशित मिति:
August 07, 2014