‘चरी’का समर्थक र प्रहरीबीच भएको झडपमा अस्पतालका सिसाहरु फुटे
काठमाडौं, २२ साउन । सीतापाइला–भीमढुङ्गा क्षेत्रमा हिजो अपराह्न प्रहरीसँगको भिडन्तमा मारिएका दिनेश अधिकारी ‘चरी’का समर्थकहरुले अधिकारीको हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महारागन्जमा आज भेला भएका मृतक अधिकारीका सहकर्मीले प्रहरी आफँैले नियोजित तरिकाले घटना घटाएको आरोप लगाउँदै हत्यारालाई कारबाही नगरिएसम्म शव परीक्षणसमेत गर्न नदिने र शव कुनै पनि हालतमा नउठाउने बताए ।
अस्पताल पुग्नुभएका धादिङ जिल्ला निवासी भक्तबहादुर लामिछानेले जबसम्म न्यायिक आयोग गठन गरेर छानबिन हुँदैन तबसम्म कुनै पनि हालतमा शव नठाउने उल्लेख गर्दै हत्यारा जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।
हिजो बेलुकी अस्पताल हातामा सामान्य झडप हुँदा अस्पतालको आकस्मिककक्षको मूल ढोकाको एउटा खापाको सिसा, बहिरङ्ग विभागको ढोका र झ्यालको सिसासमेत फुटेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति:
August 07, 2014