श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद
सुर्खेत, २३ साउन । वीरेन्द्रनगर–८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्धविच्छेद गरेका छन् ।
वीरेन्द्रनगर–८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो । सुर्खेत निवासी भएपनि गौतमले जिल्ला अदालत, बाँकेबाट शर्मिलालाई झुक्याएर सम्बन्धविच्छेद गरेको उजुरीमा उल्लेख गरिएको छ ।
सुरुमा सम्बन्धविच्छेदबारे थाहा नै नदिई सम्पूर्ण कागजात तयार गरी अदालतमा उपस्थित गराई जबर्जस्ती एक्लै पारेर सम्बन्धविच्छेद गरेको पीडित शर्मिलाले बताइन् । शर्मिलाका अनुसार गौमले यसअघि नै सबै कागजात तयार गरिसकेको र उनलाई गत असार २९ गते सुर्खेतबाट जबर्जस्ती बाँके पु¥याएर ३१ गते अदालतबाट सम्बन्धविच्छेद गरेका थिए ।
सम्बन्धविच्छेद गर्दा शर्मिलाले नै सम्बन्धविच्छेद गर्न माग गरेको उल्लेख गराइएको छ तर शर्मिलाले आफूले कहिल्यै पनि सम्बन्धविच्छेदको कुरा ननिकालेको बताइन् । सम्बन्धविच्छेद हुने बेलासम्म गौतमसँग सम्बन्ध पनि नबिग्रिएको तर एक्कासी झुक्याएर सम्बन्धविच्छेद गराइएको शर्मिलाको भनाइ छ ।
गौतमले शर्मिलालाई अंशस्वरुप रु सात लाख दिने र छोरी एकता ६ महिनाको मात्रै भएकाले आमाकै संरक्षणमा रहने सहमतिमा सम्बन्धविच्छेद भएको छ । शर्मिलाको घर वीरेन्द्रनगर–८ मा भएपनि कोहलपुर–३ मा कोठाभाडामा बस्ने भनी उल्लेख गरिएको पाइएको छ ।

प्रकाशित मिति:
August 08, 2014