जङ्गल फँडानी गर्ने २० जनाविरुद्ध अदालतमा मुद्दा
साउन २४ । डोटीको दक्षिण क्षेत्रमा पर्ने बिपी नगरमा लघुजलविद्युत् आयोजना निर्माण गर्ने निहुँमा व्यापक जङ्गल फँडानी गर्ने पदाधिकारीसहित २० जनाविरुद्ध जिल्ला वन कार्यालय डोटीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला वन अधिकृत पुष्पराज बर्तौलाका अनुसार वन मुद्दा लाग्नेहरूमा गडसेरी गाढ लघुजलविद्युत् आयोजना निरौली–७ का निर्माण समितिका अध्यक्ष गङ्गाराम जोशी, उपाध्यक्ष जीतबहादुर रजवार, सचिव देवराज भट्ट, कोषाध्यक्ष चक्रबहादुर देउवा, सदस्य धर्मसिंह मौनी, आशादेवी पुनमगर, शेरबहादुर बोहरा, चित्र नेपाली, बलबहादुर बुढा, जीतबहादुर ओली, कृष्णबहादुर साउद रहेका छन् ।
त्यसैगरी लघुजलविद्युत् आयोजनाका सल्लाहकार टेकेन्द्र देउवा, धर्मसिंह रजवार, मालिका भगवती सामुदायिक वन उपभोक्ता समूह गावरका अध्यक्ष खेमबहादुर साउद, जनजागृति सामुदायिक वन उपभोक्ता समूह लमौत्यका अध्यक्ष वामदेव जोशी, त्रिशूल हरियाली सामुदायिक वन तेलपाराका अध्यक्ष वशन्त रजबार, केदार सामुदायिक वन बर्छेन–९ का अध्यक्ष पदमराज जोशी, घोल्डाङी सामुदायिक वन सिर्सिका अध्यक्ष परमधन भट्टलगायत २० जना रहेका छन् ।
लघुजलविद्युत् आयोजना नहर निर्माण क्षेत्रमा असार १२ गते वन कार्यालयको गस्ती टोलीले ७४३ क्यूफिट काठ अवैध रूपमा काटेको भेटाएपछि यिनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यहाँ ६४ दशमलव ५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना निर्माण गर्ने र नहर क्षेत्रमा पर्ने ६८८ रुख काट्ने २०६९ पुस २४ गतेको मन्त्रिस्तरीय निर्णय छ । जिल्ला वन अधिकृत बर्तोलाले भन्नुभयो, तर त्यहाँ अवैध रूपमा रुख काट्ने काम भयो भनेर गुनासो आएपछि गस्ती गर्दा गलत भेटियो ।
आयोजना निर्माण समितिले आयोजना सम्पन्न गरिसक्दा नहरलाइनमा पर्ने रुख काटेर बिक्री गरिसकेको भए पनि आयोजना निर्माण त के नहरसमेत बनेको छैन वन अधिकृत बर्तौलाले भन्नुभयो, यहाँ विद्युत् उत्पादनभन्दा रुख काट्ने र बेच्ने नियत देखियो ।
जिल्ला वन कार्यालयले आयोजना निर्माणमा जङ्गल क्षति हुने भन्दै अनुमति नदिएपछि समितिले मन्त्रीस्तर र विभागबाट निर्णय गरेर ल्याएका थिए ।
आयोजना निर्माण गर्ने नाममा अन्धाधुन डोजरको प्रयोग गरिएको छ उनले भने, पाँच प्रतिशत काम नभ्याउँदै करोडाँै हिनामिना भएको छ ।
जिल्ला वन सहायक अधिकृत सुरेश रोकायका अनुसार जिल्ला वन कार्यालय डोटीले चार वटा मुद्दा चलाएको छ । जसमध्ये एक मुद्दाको फैसला भएको छ भने तीनवटा मुद्दा जिल्ला अदालत डोटीमा चल्दै छन् ।

प्रकाशित मिति:
August 09, 2014