आतंककारीद्धारा नेपाली नेताको हत्याको योजना, भारतले दियो सूचना
असोज २७ । भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ ।
काठमाडौंस्थित भारतीय दुतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।
१८ दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।
अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको संभावना रहेको उल्लेख छ ।
विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा उल्लेख समेत छ । सूचनामा आतंकवादीले विशालु ग्याँसको प्रयाेगद्धारा सर्वसाधारण जनता समेत अपरहरण हुन सक्ने उल्लेख छ । भारतले राजधानी र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । -तस्वीरः फाइल
प्रकाशित मिति:
October 13, 2014