प्राधिकरणको प्रमुख सात दिनभित्र नियुक्त गर्न पुनः निर्देशन
काठमाडौँ, २६ असोज । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका सम्बन्धमा भएको पछिल्लो प्रगतिका बारेमा सात दिनभित्र जानकारी गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले यसअघि दिइएको निर्देशन किन, के कति कारणले कार्यान्वयन नभएको हो, सोको जानकारीसहित पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन निर्देशन दिएको समितिका सभापति गगन थापाले बताए ।
समितिले यसअघि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति, चालु आर्थिक वर्षमा प्राधिकरणले कार्यान्वयन गर्ने योजनाको कार्यतालिकासहित प्रस्तुत हुन निर्देशन दिएको थियो ।
समितिको निर्देशन ऊर्जाले कार्यान्वयन गर्न अटेर गरेको भन्दै पुनः एकपटक ध्यानाकर्षण गराइएको सभापति थापाले जानकारी दिए ।
समितिको आजको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्व तदर्थवादमा चलेको, आयोजनाहरू समयमा सम्पन्न नभएको, लागत मात्रै बढेको भन्दै नेतृत्वले ध्यान नदिएकामा आपत्ति प्रकट गरेका थिए ।
प्रसारण लाइनको अभावमा विद्युत् भार कटौती बढेको, देशीय तथा अन्तरदेशीय प्रसारण लाइनको काम कछुवाको गतिमा अगाडि बढेको, लागत बढेको, निजी क्षेत्रका आयोजनाले समेत काम समयमै पूरा नगरेको, अनुमतिपत्र मात्रै बाँड्ने काम भएको, बाँडिएको अनुमतिपत्रका आधारमा जलविद्युत् आयोजनाहरू अगाडि नबढेको भन्दै किन त्यस्तो भएको हो, जानकारी दिन ऊर्जा मन्त्रालयलाई सांसदहरूले ध्यानाकर्षण गराएका थिए ।
प्राधिकरणले अगाडि बढाएका माथिल्लो त्रिशूली थ्री ए, राहुघाट, चमेलिया, कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको समय र लागत बढ्नुका कारण ऊर्जाले किन दिएन भन्दै सांसदहरूले ऊर्जा मन्त्री राधाकुमारी ज्ञवालीलाई सचेत गराएका थिए ।
निजी क्षेत्रले अगाडि बढाएका आयोजनाको लागत सस्तो र सहज हुने भए पनि सरकारी लगानी भएका आयोजनाको हालत दुरुह हुनुको खास कारण राजनीतिक हस्तक्षेप र सरकार परिवर्तनपछि हुने नेतृत्वको परिवर्तनले गरेको भन्दै आगामी दिनमा कुनै पनि हस्तक्षेप नहुने विश्वास दिलाउन विधायकहरूले मन्त्रालयलाई सचेत गराए ।
यस्तै मुआब्जाको कारण प्रसारण लाइन निर्माण हुन नसकेको, मुआब्जा वितरणसम्बन्धी ऐन, समयानुकूल नभएको तर संशोधनको कुनै पनि प्रक्रिया अगाडि नबढेको भन्दै अन्तरसरकारी निकायको बीचमा समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा डा प्रकाशशरण महत, राजु खनाल, छेवाङतेन्जेन तामाङ, कृष्ण धिताल, डिल्लीराज काफ्ले, ज्ञानेन्द्रबहादुर कार्की, अमृतकुमार बोहरा, रेखा शर्मालगायत थिए ।

प्रकाशित मिति:
October 12, 2014