एमाले जिल्ला सचिवमाथि रकम हिनामिना गरेको आरोप
असोज–२७ । नेकपा एमालेका खोटाङस्थित जिल्ला सचिवमाथि द्धन्द्ध पीडितका लागि आएको रकम हिनामिना गरेको आरोप लागेको छ ।
स्थानीय शान्ति समिति खोटाङको तत्कालीन संयोजक रहेको समयमा एमाले जिल्ला सचिव रामप्रसाद दंगालले द्धन्द्ध पीडित परिवारका व्यक्तिलाई सीपविकास तालिम दिन आएको रकम कागजी प्रक्रिया मिलाएर हिनामिना गरेको आरोप लागेको हो ।
द्धन्द्ध पीडित परिवारको जीविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले सीपविकास तालिम सञ्चालन गर्न आएको दुई लाख रुपैयाँ रकम दंगालले कागजी प्रक्रिया मिलाएर हिनामिना गरेको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य कुलप्रसाद शर्माफुयाँलले बताए । उनले भने, ‘जे उद्देश्यका लागि आएको हो, त्यसमा खर्च नभएपछि तत्काल फिर्ता हुनुपर्छ ।’ पूर्व सांसद समेत रहेका फुयाँलले थपे, ‘द्धन्द्ध पीडित परिवारका लागि आएको रकम समेत हिनामिना गर्नु लज्जास्पद कुरा हो, उनले नैतिक रुपमा पनि फिर्ता गरेर तालिम सञ्चालन गरिनुपर्छ ।’
होटल व्यवस्थापन, ब्यूटी सियन, मोटरबाइक वर्कशप र मोवाइल मर्मत तालिमका लागि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट ५०÷५० हजार रुपैयाँ रकम आएको थियो । दुई महिने तालिमका लागि भनेर आएको ५०÷५० हजार रुपैयाँमा केही विषयमा भने, दुई÷चार दिन तालिम दिइएको पाइएको छ ।
तत्कालीन संयोजक दंगालले तालिम नै नदिलाइ रकम हिनामिना गरेको भन्दै तालिम लिन सहभागी भएकाहरुले पुनः तालिम दिलाइ दिन आग्रह गर्दै जिल्ला प्रशासनमा ज्ञापन–पत्र समेत बुझाएका छन् । तालिममा सहभागीमध्ये मोटरबाइक वर्कशप तालिममा सहभागी नानीराम रिजालले भनिन्, ‘हामी जस्ताका लागि आएको रकम समेत हिनामिना गरेपछि प्रशासनलाई गुहारेका हौं ।’
उता, समितिका वर्तमान संयोजक जीवनकुमार श्रेष्ठले तत्कालीन संयोजकले केही रकम फिर्ता गर्ने बताएको जानकारी दिए । उनले भने, ‘रकम हिनामिना गरेको स्वीकार गर्नु नै सबैभन्दा ठूलो कुरा हो ।’
स्रोतका अनुसार तालिमका लागि आएको दुई लाख रुपैयाँ रकममध्ये ५९ हजार रुपैयाँ मात्र खर्च भएको बुझिएको छ । यद्यपी, कागजी प्रक्रिया भने दुई लाख रुपैयाँ पुरै खर्च भएको बिलभर्पाई गरिएको छ ।
यसबारे एमाले सचिव दंगालले भने, चरित्र हत्या गर्न नौं दलले झुटो प्रचारबाजी गरिरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति:
October 13, 2014