उपत्यकाका ६६ प्रतिशत बालबालिका अश्लिल चित्र तथा सामग्री हेर्छन
काठमाडौँ, २७ असोज । काठमाडौँ उपत्यकाका ६६ दशमलव ६ प्रतिशत बालबालिकाले अश्लिल चित्र तथा यौनजन्य सामग्री हेर्ने गरेको एक अनुसन्धानले देखाएको छ ।
बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत संस्था सिविनले पछिल्लो समय गरेको अध्ययनअनुसार उपत्यकाका ७४ प्रतिशत बालिका र ९१ प्रतिशत बालकले इन्टरनेटको प्रयोग गर्ने गरेको देखियो ।
सिविनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले सूचना प्रविधिको बढ्दो प्रयोग र इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाले त्यस्ता साइट हेर्ने गरेको बताउँदै यसले बाल अपराध समेत गराएको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा सार्वजनिक गरेको सो प्रतिवेदनअनुसार सन् २०१३ मा ४६५ बलात्कार र यौन दुव्र्यवहार घटनामध्ये ३७१ घटना बालिकामाथि भएको थियो । जसमा २३ दशमलव ४४ प्रतिशत घटना १० वर्षमुनिका बालिकामाथि भएको थियो भने एक प्रतिशत ९३ प्रतिशत घटनामा बलात्कारपछि हत्या गरिएको थियो ।
यसैवर्ष आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या ५१ रहेको छ । यस्तै नेपालमा ९५ प्रतिशत बालिका घर, शैक्षिक संस्था, कार्यस्थल र अन्य ठाउँमा विभिन्न यौनजन्य दुव्र्यवहारमा पर्ने गरेको देखिएको छ । रासस
प्रकाशित मिति:
October 13, 2014