संविधानसभाको समयमा गरेको प्रतिवद्धतानुसार काम गरेर देखाउँछु : दाहाल

सदरमुकाममा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘काँग्रेस, एमाले, मधेस केन्द्रित दल सम्मिलित संयन्त्र गठन भएको छ, यसको बैठक भोलि(शनिबार) बस्दैछ, अब संविधान निर्माणले गति लिनेछ ।’
अध्यक्ष दाहालले मधेसी, दलित, मुुसलमानलगायत सबैको अधिकार र पहिचानसहितको संविधान निर्माण गर्न आफू अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता जनाउँदै आफू संयन्त्रको संयोजक भएको नाताले हरेक समुदायको अधिकार र पहिचानका लागि लडिरहने बताए ।
सिरहा क्षेत्र नं ५ बाट निर्वाचित सभासद्समेत रहेका उनले भने, ‘संविधानसभाको समयमा सिरहाबासीसँग जुन प्रतिबद्धता जनाएको छु, त्यसअनुसार काम गरेर देखाउँछु ।’
प्रकाशित मिति:
October 10, 2014