• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Sports » मलेसियालाई हराउँदै नेपाल डिभिजन २ मा बढुवा
मलेसियालाई हराउँदै नेपाल डिभिजन २ मा बढुवा

कात्तिक १२ । मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ अन्तर्गत मलेसियालाई ३६ रनले हराउँदै नेपाल  नेपाल डिभिजन २ मा बढुवा भएको छ ।

प्रतियोगिताको आफ्नो ५ औं खेलमा नेपाल डीएल मेथडको आधारमा मलेसियाविरुद्ध ३६ रनले विजयी भएको हो ।

डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलमा युगाण्डासँग खेल्नेछ । अघिल्लो पटक पनि दुवै टोलीले फाइनल खेलेका थिए ।

 प्रतियोगिताको शीर्ष दुई टिम डिभिजन २ मा बढूवा हुने नियम छ । समान ८ अंक भए पनि रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

कप्तान पारस खड्काले जितको लागि चार महत्वपूर्ण विकेट लिए । उनी नै म्याच अफ दि म्यान समेत घोषित भए ।

टस जितेर फिल्डिङ राजेको नेपाललाई मलेसियाले १४३ रनको लक्ष्य दिएको थियो । ४३ ओभर ३ बल खेल्दै मलेसियाली खेलाडी अल आउट भए । मलेसियाका सबै व्याट्सम्यान क्याच आउट भएका थिए ।

लक्ष्य पछ्याएको नेपालले २५ औं ओभर सकिंदा २ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रद्ध हुन पुगेको थियो ।

प्रकाशित मिति: October 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |