• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Political » ईलाका स्तरिय नेकपा–माओवादीद्धारा राजनैतिक प्रशिक्षणहरु सम्पन्न
ईलाका स्तरिय नेकपा–माओवादीद्धारा राजनैतिक प्रशिक्षणहरु सम्पन्न

केवी मल्ल
जाजरकोट १६ कार्तिक
जाजरकोट नेकपा–माओवादी पार्टीद्धारा हालै जिल्लाका विभिन्न स्थानमा ईलाका स्तरिय राजनैतिक प्रशिक्षणहरु सम्पन्न भएका छन । देशको राजनैतिक संकट झन–झन जटिल बन्दै गएपछि नेकपा–माओवादी जाजरकोटले जिल्लाका विभिन्न स्थानमा ईलाका स्तरिय राजनैतिक प्रशिक्षणहरु सम्पन्न गरेको हो ।

जिल्लाको क्षेत्र नं. १ को दल्ली र काउलीमा क्रमश असोज २६ र २८ गते पार्टी डिसिएम र एसिएमहरुको सहभागितामा राजनैतिक प्रशिक्षण सम्पन्न गरिएको थियो । उक्त प्रशिक्षणका सहभागिहरुलाई पार्टीका बैकल्पिक केन्द्रिय सदस्य गगन बहादुर खड्का ( जीवन ) ले प्रशिक्षण दिएका थिए । 

प्रशिक्षणका क्रममा बोल्दै यो देशका राष्ट्रघाती दलालहरु र सत्तामा बसेर जनताको विरुद्ध शासन गर्न खोज्ने राजनैतिक दलका नेताहरुलाई तह लगाउन पार्टीलाई अझै शुसंगठित गर्दै लाखौ जनतालाई पार्टीको वरिपरि गोलवन्द गर्नु पर्ने बैकल्पिक केन्द्रिय सदस्य गगनबहादुर खड्काले वताएका थिए । साथै उनले देशका संसदवादी राजनैतिक पार्टीहरुले आगामी माघमा संविधान जारी गर्न नसके देशको संविधान जारी गर्न आफ्नो पाटी तयार रहेको उल्लेख गरे ।

त्यस्तै गरि जिल्लाको क्षेत्र नं. २ को वाटुल्या र मनघाटमा क्रमश असोज २६ र २८ गते पार्टी डिसिएम र एसिएमहरुको सहभागितामा राजनैतिक प्रशिक्षण सम्पन्न गरिएको थियो । उक्त प्रशिक्षणका सहभागीहरुलाई पार्टी केन्द्रिय सदस्य तथा भेरीकर्णाली राज्य समन्वय समितिका ईन्चार्ज माया प्रशाद शर्मा ( पारसमणी ) ले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा बोल्दै अब जनताले लड्ने राजनैतिक लडाई विवेकशिल तरिकाको मौलिक ढंगले लड्नु पर्ने भएको हुदा ब्यबस्थित लडाईका लागी हरेक पार्टी कार्यकर्ताहरु ब्यबस्थित हुन र समर्थक, शुभचिन्तक अनि आम जनताहरुलाई व्यबस्थित गर्न आवश्यक रहेको वताए । साथै उनले प्रशिक्षण्कै क्रममा आफु र आफ्नो पार्टीले जनता र आम पार्टी कार्यकर्ताहरुलाई कहिले पनि धोका नदिने प्रतिवद्धता व्यक्त गरे ।

माओवादी श्रोतका अनुसार आगामी माघ महिना भित्रै कुनै न कुनै रुपले देशमा राजनैतिक परिवर्तनका संकेतहरु देखा पर्ने वताउदै आएको छ । त्यसको पूर्वसंध्यामा पार्टीले सञ्चालन गर्दै आएको देश व्यापी कार्यक्रम अनुसारनै जाजरकोट जिल्लाको विभिन्न स्थानमा ईलाका स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हुन सक्ने धेरैले अनुमान गरेका छन ।

प्रकाशित मिति: November 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |