जडीवुटीको पुर्जी वितरणमा जिल्ला वन कार्यालयको अनियमितता
दिप बहादुर घर्ति
जाजरकोट १६ कार्तिक । जडीवुटी संकलन र चलानीका लागि वितरण गरिने पुर्जी र म्याद थपका वेला जिल्ला वन कार्यालय जाजरकोटमा अनियमितता हुने गरेको छ । विभिन्न जडीवुटी संकलनका लागि कार्यालयले प्रदान गर्ने पुर्जीको निर्धारित राजस्व भन्दा फरक ढंगले कर्मचारीहरुले रकम माग्ने गरेपछि अनियमितता भएको रहस्य खुलेको हो ।
जिल्ला वन कार्यालयमा कार्यालयमा नयाँ पुर्जी र म्याद थपका लागि जादा विभिन्न वहाना र झन्झट सिर्जना गरेर सिधा या घुमाउरो पाराले रकम माग गरेको गुनासो जडीवुटी व्यबसायीहरुले गरेका छन् । वन क्षेत्र संरक्षणको जिम्मा लिएका उपभोक्ताहरु र वन कार्यालयका कर्मचारीहरुको लापरवाहीले वनविनास हुदै गएको वेला कार्यालयमा हुने यस्ता गतिविधिले जडीवुटीको चोरी निकासीमा मदत पुग्ने गरेको सरोकारवालाहरुको चनाई छ ।

श्रोतका अनुसार जिल्ला वन कार्यालयका रेन्जर, सहायक वन अधिकृत लगाएतका कर्मचारीहरुले पुर्जी वितारणका क्रममा प्रक्रिया लम्व्याउने तथा अन्य झन्झट निम्त्याएर रकम माग्ने गरेको पाइएको छ । हुम्लाका जडीवुटी व्यापारी ध्वजवहादुर शाहीले आफुलाइ साधारण च्याउ संकलन पुर्जी लिदा एक कर्मचारीले रकम माग गरेको वताए ।
उनले १ सय किलो च्याउ संकलनका लागि प्रतिकिलो ५ रुपैयाका दरले ५ सय दिनु पर्नेमा आफुवाट ५ हजार ५ सय रकम मागेको वताए । डिएफओ सम्मको चित्त वुझाउनु पर्छ भन्दै जिल्ला वन कार्यालयका माथिल्लो स्तरका कर्मचारीले उक्त रकम वुझाउनु पर्ने भनेर आफुलाइ भनेको उनले वताए ।
अर्का जडीवुटी व्यापारी जनक सिंहवाट पनि विभिन्न वहाना पारेर ६ हजार रुपैया असुल गरेको वताइएको छ । विभिन्न प्रक्रियाको नाउमा उनीहरुले सिधै रकम माग्ने गरेको व्यावसायीहरुको भनाइ छ । यस विषयमा जिल्ला वन कार्यालयका प्रमुख सुर्यकान्त मिश्रले निर्धारित राजस्व रकम भन्दा वढी नलिएको र लिएको पाइएमा लिने दिने दुवैलाइ कारवाही हुने वताए ।
उनले केहि प्रक्रिया मिलाउन पुर्जी वितरणमा ढिलाइ भएपनि कार्यालयमा आर्थिक लेनदेनको सम्भावना नहुने दावी गरे । मुलुक भरी संकलन गर्न मिल्ने २ सय १३ प्रजातीका जडीवुटी मध्य जाजरकोटमा हाल २० प्रजातीका जडीवुटीको संकलन अनुमति दिने गरिएको वन कार्यालयले जनाएको छ ।
जिल्ल्लामा हाल सय भन्दा वढी थरीका जढीवुटी पाइने र ति मध्य २० थरिका जडिवुटिको मात्रै संकलन र चलानी इज्जाजत दिने गरिएको कार्यालयको भनाइ छ । जिल्लाका विभिन्न नाकामा संकलन गरिएको जडीवुटीहरुको चेकजाँच गर्न कर्मचारी खटाइएपनि आर्थिक लेनदेन र मिलेमतोमा चोरी निकासी र राजस्व छली वढ्दो भएको सरोकारवालाहरु वताउछन् ।
एउटाको पुर्जीमा अरुले संकलन तथा कारोवार गर्ने तथा भनेको समयमा संकलित जडीवुटीको मात्रा नपुरयाउने लगाएतका कार्यले अनियमितता गर्न सहयोग पुग्ने गरेको सरोकारवालाहरुको भनाइ छ । जडीवुटीको संकलनका लागि प्रदान गरिने पुर्जी, चेकजाँच तथा तौल जाँच र चलानी मुचुल्का तयार गर्ने क्रममा अनियमितता हुने गरेको वताइएको छ । कार्यालयमा नै हाका हाकी अनियमितता हुने गर्नाले वन विनास गर्ने र जडीवुटीको चोरी निकासी गर्नेको हिम्मत वढेको स्थानीयहरु वताउछन् ।
प्रकाशित मिति:
November 02, 2014