माओवादीले प्रधानमन्त्रीसहित सबै जिल्लाका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै
मंसिर २१ । नेकपा-माओवादीले प्रधानमन्त्रीसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफ्नो मागबारे ज्ञापन पत्र बुझाउँदै छ ।
आइतबार साढे १० बजे नयाँ बानेश्वरस्थित पानी ट्यांकीमा भेला भएर ११ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
माओवादीले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रधानमन्त्री र अन्य सबै जिल्लाका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाउने बताएको छ ।
माओवादीले राजनीतिक सभामार्फत समस्याको समाधान गर्न माग गर्दै आएको छ ।
प्रकाशित मिति:
December 07, 2014