प्रचण्ड बोलेनन् बन्दमा
चैत्र २४ । तीस दलिय मोर्चाको तीन दिने बन्दको अघिल्लो दिन सोमबार ६ माओवादी घटकले विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनमा धेरैले सोचेका थिए, प्रचण्डले शान्ति सम्झौता भंग गर्ने षड्यन्त्र भो भनेर भाषण गर्नेछन् । तीन दिने आमहडतालबारे पनि बोल्नेछन् । उनी प्रदर्शनमा उपस्थित भए तर नबोली नै फर्किए ।
मोर्चाको तीन दिने बन्दको पहिलो दिन भने प्रचण्ड सडकमा निस्किएनन् । बरु उनले आफ्नै निवासमा विभिन्न व्यक्तिहरुसँग भेट गर्दै बसे । सडकमा दर्जर्नौ कार्यकर्ताहरु पक्राउ परिरहे । झडपमा कति कार्यकर्ता घाइते पनि भए, त्यहीँ पनि प्रचण्ड एक शब्द पनि नबोल्नुले धेरैका सामु उत्सुकता भने उब्जाईदिएको छ, किन उनी बोल्दैनन भनेर ।
पछिल्लो पटक मधेसवादी दलहरुसँग दुरी बढ्दै गईरहेको अवस्थामा प्रचण्डको साइलेन्सले त झनै शंका गर्ने ठाउँ उब्जाईदिएको छ ।
सोमबार अदालतको फैसला विरुद्धको प्रदर्शनमा भाषण गर्दा अदालतको मानहानी हुने देखेर उनी सेभ लेन्डिङ राजेको हुनसक्ने अनुमान धेरैले गरेका छन् ।
३० दलीय मोर्चाको मंगलबारको बन्दमा पनि उनी गुपचुप हुनुले भने शंकामा थपजल गरेको छ । बन्द अगाडी प्रचण्डले प्रधानमन्त्री सुशिल कोइरालासँग पनि भेट गरेका थिए । भेटमा सकरात्मक कुरा भएको तर मोर्चासँगको सहकार्यले गर्दा बन्द पनि फिर्ता लिन नसक्ने भएर उनी मिडियामा नआएको पनि अनुमान गरिएको छ ।
अझ, मंगलबार प्रचण्ड निवास नै पुगेको उद्योग बाणिज्य महासंघको टोलीलाई विपक्षी मोर्चा संयोजक समेत रहेका प्रचण्डले बन्द फिर्ताको प्रस्ताव मोर्चामा लैजान्छु भन्नुले पनि यसैको संकेत गर्छ ।
प्रकाशित मिति:
April 07, 2015