महाभूकम्प विपदः पार्टीगत अनुगमनमा माओवादी अगाडी
वैशाख २४ । गत १२ गते आएको महाभूकम्पपछि उद्धार तथा राहत वितरण र भूकम पीडितहरुको अवस्थाबारे बुझ्ने सवालमा दलहरु बिचमा नेकपा–माओवादी अग्रस्थानमा देखिएको छ ।
महाभूकम्प लगत्तै विपद्को सामना गर्न सरकारसँग मिलेर काम गर्ने घोषणासहित माओवादीका सबै तहका सदस्य तथा सबै पदाधिकारी विभिन्न जिल्लामा बाँडिएको पाइएको छ । काठमाडौं उपत्यकामा अध्यक्ष मोहन वैद्य किरण आफैं खटिएका छन् । उनले ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी, लुबु, काठमाडौंको किर्तिपुर लगायत स्थानको अनुगमन तथा अवस्थाबारे घटनास्थलमा नै पुगेर जानकारी लिएका छन् ।
उपाध्यक्ष सिपी गजुरेलले मंगलबार सिन्धुपाल्चोक र बुधबार काभ्रेको अनुगमनपछि राहत वितरणमा ढिलासुस्ती भएको भन्दै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेटेरै तिब्रता दिन आग्रह गरेका छन् । दुई जिल्लाको अनुगमनमा उनी पार्टी प्रवक्ता पम्फा भुसालका साथ पुगेका थिए । बिहीबार आज उनी सिन्धुलीको अनुगमनमा निस्कदै छन् । पार्टी प्रवक्ता भुसालले भने आज ललितपुरका विभिन्न स्थानमा अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी दिएकी छिन् ।
पार्टी महासचिव चितवन लगायत क्षेत्रमा खटिएका छन् । सो आसपासका भूकम्प प्रभावित क्षेत्रमा उनले राहत तथा उद्धारको काममा खटिएका छन् । सचिव देव गुरुंग गोरखा आसपास क्षेत्रमा खटिएका छन् । खोलो थुनिएर सम्पर्क बिहीन अवस्थामा रहेको ठाउँमा उनले सो क्षेत्रको उद्धारमा विशेष पहल गरेका थिए ।
अन्य दलका नेताहरु पनि पछिल्लो पटक महाभूकम्प पीडितहरुको अवस्थाबारे बुझ्न पुग्ने गरेपनि सरकारी खर्चको हेलिकप्टरमा पुग्ने गरेका छन् । माओवादीले भने पार्टीगत खर्चमा विपदमा सहयोग गरिरहेको पाइएको हो ।
भूकम्प पीडितहरुले अनुगमनका क्रममा विदेशबाट आएको राहत दुरुपयोग हुन सक्ने भन्दै त्यसका लागि प्रभावकारी भूमिका खेलिदिन र पुनःस्थापनामा विशेष पहल गरिदिन आग्रह गरेका छन् ।
भूकम्प पीडितहरुले अनुगमनका क्रममा विदेशबाट आएको राहत दुरुपयोग हुन सक्ने भन्दै त्यसका लागि प्रभावकारी भूमिका खेलिदिन र पुनःस्थापनामा विशेष पहल गरिदिन आग्रह गरेका छन् ।
पार्टी अध्यक्ष किरण ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी, लुबुलगायतमा भत्किएका घरहरुको अनुगमन गर्दै, सो क्रममा उनले पीडितहरुको अवस्थाबारे पनि जानकारी लिएका थिए । |
काभ्रे चण्डेणी गाविसमा भूकम्प पीडितहरुको अवस्थाबारे जानकारी लिँदै उपाध्यक्ष गजुरेल र प्रवक्ता भुसाल |
उपाध्यक्ष गजुरेल र प्रवक्ता भुसाल मंगलबार सिन्धुपाल्चोक जिल्ला प्रशाख प्रमुखसँग राहत र उद्धारको अवस्थाबारे जानकारी लिदैं ।
|
पार्टी प्रवक्ता पम्झा भुसाल सतुंगलस्थित चन्द्रागिरी नगरपालिका १५ बोसीगाउँमा अन्तराष्टिय बक्सिंग खेलाडी दिपक महर्जनको परिवारसँग । महाभूकम्पमा दिपकको आमा, भाउजु र भजितीको निधन भएको छ |
प्रकाशित मिति:
May 07, 2015